Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

नेपालमा दुग्ध क्षेत्रमा रहेका सम्भावना, अवसर र चुनौति

नेपालमा दुग्ध क्षेत्रमा रहेका सम्भावना, अवसर र चुनौति

कालीगण्डकी खबर

२६, जेठ २०७८
  • 2.8K
    SHARES
  • नेपालमा दुग्ध क्षेत्रमा रहेका सम्भावना, अवसर र चुनौति

    नेपाल कृषि प्रधान देश हो । कृषिका विभिन्न क्षेत्रमध्ये पशुपालन पनि एक हो । मूलतः पशुपालन मासु र दूधका लागि गर्ने गरिन्छ । दूध अति सर्वगुणी खाद्य वस्तु हो, मानिसको जन्मदेखि अन्तिम समयसम्म सेवन गर्न मिल्ने पोषक तत्व हो । दूधबाट धेरै दुग्ध पदार्थ बनाउन सकिन्छ जस्तै दही, मही, घ्यू, कुराउनी, खुवा, पाउडर दूध, चीज, पनिर आदि । यी खाद्य बस्तुहरु उत्पादन गरी देश तथा बिदेशमा बिक्री बितरण गर्न सकिन्छ ।

    बजारको माग र प्रविधिलाई बुझेर व्यवसायी वा व्यवसयिक संघ संस्थाले आधुनिक उपकरणको व्यवस्थापन गरी ठूला उद्योग स्थापना गर्नुपर्दछ । नेपालमा दुग्ध पदार्थ उत्पादन गर्न DDC र केही निजी कम्पनीहरुले सुरुवात गरेका छन्, सरकारले यस्ता सामग्रीको भन्सार निःशुल्क गर्नुपर्दछ, यसप्रकारले बस्तु उत्पादन गरिसकेपछि WhO को मापदण्ड अनुसार प्याकिङ गरी देश तथ बिदेशमा बिक्री वितरण गर्नुपर्दछ नेपाली दुग्ध पदार्थ गुणस्तरीय छ भनेर सरकारले विश्वभर विश्वास दिलाउन सक्नुपर्दछ, Made in Nepal लेखी विश्व बजारमा नेपाली पोषिलो दुग्ध वस्तुको धेरै निर्यातमा जोड दिनुपर्दछ ।

    images

    यसरी सरकार र नीजि व्यवसायी संघ संस्थाले समन्वय गरेर काम गर्दा देश त अघि बढ्छ नै किसानले गरेको मेहेनत खेर जादैन र दूध बाटोमा फाल्नु पर्दैन । यसले दूध किसानमा ठूलो हौशला मिल्दछ र यो पेशाप्रति किसानको संख्या थपिदै जानेछ र ३०,४० हजार कमाउन बिदेशी भूमिमा जाने हाम्रा युवाहरु बिदेशिन छाड्नेछन, घरघरमा गाईभैसी पाल्ने क्रान्ति सुरु हुन्छ, स्वरोजगारी बढ्छ देशले सकारात्मक आर्थिक लक्ष हासिल गर्दछ ।

    विश्वभर मानिसको संख्या ७ अर्ब भन्दा बढि छ । नेपाल जनसंख्या धेरै भएका २ ओटा ठूला देश चीन र भारतको बीचमा छ । यसकारण पनि हाम्रा गुणस्तरीय बस्तु बिकाउन सहज छ । सरकारले लगानीकर्तालाई नीतिगत एवं व्यवहारिकरुपमा सहजीकरण गरिदिनु पर्दछ । सरकारले कृषि क्षेत्रमा बिमाको व्यवस्था गरिरहेको छ तर कृषकलाई पनि बिमा गर्न सकेमा धेरै राम्रो हुनेछ ।

    हाम्रो देशमा ३ तहको सरकार छ त्यसमध्ये स्थानीय सरकारले व्यवसायिक कृषि गर्ने किसान वा समूहलाई नजिकबाट अभिभावकीय भूमिका खेल्नुपर्दछ जस्तै किसानले उत्पादन गरेका बस्तुलाई खेरजान नदिई बजारको व्यवस्था स्थानीय सरकारले गरिदियो भने धेरै राम्रो हुनेछ।

    अहिले आम किसानका समस्या भनेको भुक्तानी हो । भुक्तानी समयमै भएमात्र किसानका समस्या टर्नेछन,यसका लागि पनि भुक्तानी को ग्यारेन्टी स्थानीय सरकारले दिनसक्नु पर्दछ । यसरी स्थानीय सरकारले भुक्तानीको जिम्मेवारी लिने र किसानलाई केही अनुदानको पनि व्यवस्था गर्न सके किसान उत्साहित हुनेछन त्यसैगरी युवा तथा महिलाका कृषि समूह गठन गरी सामूहिक पशुपालन गर्न प्रोत्साहन गर्ने, बैंक ऋण, अनुदान, तालिमकोसमेत व्यवस्था स्थानीय सरकारले गर्दा जनताले नजिकबाट सरकारको महशुस गर्नेछन् ।

    यसरी अघि बढ्न सकिएमा दुुग्ध पेशामा आबद्द सबै पक्षलाई ठूलो राहत मिल्न सक्छ । उत्पादन भएको दूधलाई उचित खपत तथा बिक्रीवितरण गर्न गुणस्तरीय खाद्य बस्तु उत्पादन गर्न जरुरी छ यसका लागि देशका विभिन्न स्थानमा ठूला दुग्ध उद्योग स्थापना गर्नुपर्दछ यसमा सरकार, सहकारी, निजी कम्पनी र आमउपभोक्तासमेतको सहभागीतामा लगानी गर्न सकेमा राम्रो हुनेछ जस्ले गर्दा प्रत्यक्ष अप्रत्यक्षरुपमा रोजगारी बढ्ने छ ।

    यस क्षेत्रमा अवसर र चुनौती दुबै छ । हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण विभिन्न समयमा सरकारले गरेको बन्दाबन्दीले दुग्ध पेशामा आबद्ध सबै पक्षलाई ठूलै असर पारेको छ यदि माथि उल्लेख गरिएका दुग्ध उद्योगहरु देशका विभिन्न केन्द्रमा थियोे भने किसानका दूध खेर जादैनथ्यो यसकारण पनि समय समयमा आउन सक्ने यस्ता महामारीको चुनौतीलाई राम्रोसँग व्यवस्थापन गर्न सक्ने बैकल्पिक निकास खोज्नुपर्दछ र त्यो बिकल्प भनेको गुणस्तरीय दुग्ध उद्योग स्थापना गरी उत्पादन ,बजारीकरण ,बिक्रीवितरणमा जोड दिनु पर्दछ ।

    नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहातका सबै निकाय, प्रदेश सरकार र निकाय, विशेष गरेर स्थानीय सरकारले दुग्ध पेशामा आबद्द सबै पक्षलाई सहजीकरण हुने नीति निर्माण गरी अघि बढेमा देशले छिट्टै फड्को मार्नेछ उत्पादनमामा देशले क्रान्तिकारी छलाङ मार्दै आत्मनिर्भर हुदै ,स्वरोजगारी बढाउदै देशलाई सवृद्दिको यात्रामा ईट्टा थप्न यस दुग्ध क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नेछ । यस पेशामा लगानी गर्न चाहने ठूला साना लगानीकर्तालाई स्वागत गरौँ ।

    यस पेशामा लाग्ने दाजुभाइ दिदीबहिनीले यस पेशामा आबद्द हुन चाहने किसान व्यवसायी लगायतका लगानीकर्तालाई सकारात्मक सन्देश दिने र जानेका राम्रा ज्ञान सीप दिन सकेमा झनै उचित हुनेछ । सबैभन्दा ठूलो कुरा उत्पादन भएका बस्तुलाई उपभोक्तासामु समयमै पु¥याउने र धेरै भन्दा धेरै बस्तुको खपत गर्ने गराउनु पर्दछ । दुध र दुग्धजन्य खाद्य बस्तु पोषिलो छ स्वादिलो छ सबैले प्रयोग गर्ने गरौं । म नेपाली दाजुभाइ दिदिबहिनी सबैलाई दैनिकरुपमा दुग्ध पदार्थ प्रयोग गर्न अनुरोध पनि गर्दछु ।

    सन्तु कुमार गिरी
    कार्यकारी समिति सदस्य रास्ट्रिय दुग्ध बिकास बोर्ड, हरिहरभवन, ललितपुर ।

    प्रकाशित मिति :जेठ २६, २०७८ बुधबार - १५:४८:२८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology