Logo

मंगलबार, असार २१ गते २०७९

झापामा एक वर्षमा तेह्र हजारले लिए नागरिकता

झापामा एक वर्षमा तेह्र हजारले लिए नागरिकता

कालीगण्डकी खबर

८, साउन २०७८
  • 745
    SHARES
  • झापामा एक वर्षमा तेह्र हजारले लिए नागरिकता

    झापा, ८ साउन । जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७७र७८ मा १३ हजारभन्दा बढीले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् ।

    images
    images

    तीमध्ये वंशजका आधारमा १२ हजार ८४३ जना र वैवाहिक अङ्गीकृतका आधारमा १८२ जनालाई नागरिकता प्रदान गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो ।

    सोही अवधिमा छ हजार १८८ जनालाई राहदानी वितरण, ८६ वटा सङ्घसंस्था दर्ता, १६५ जना नाबालकको परिचयपत्र जारी र दुईवटा पत्रपत्रिका दर्ता गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

    उक्त एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालय झापामा विभिन्न १० प्रकारका २५२ मुद्दा दर्ता भएकामा दुईतिहाइभन्दा बढी २२४ वटा मुद्दा अभद्र व्यवहारसम्बन्धी रहेको पाइएको छ ।

    असार मसान्तसम्ममा अभद्र व्यवहारसम्बन्धी परेका मुद्दामध्ये १६ वटा छिनोफानो गरिएको समेत प्रशासनले जनाएको छ । अन्य मुद्दामा क्षतिपूर्तिसम्बन्धी १५ वटा, जुवासम्बन्धी नौ, झुटो सूचनासम्बन्धी दुई, सार्वजनिक बाटो अवरोधसम्बन्धी एउटा, सार्वजनिक स्थानमा यौन अङ्ग देखाएकोसम्बन्धी एउटा मुद्दा रहेका छन् ।

    जिल्ला प्रशासन कार्यालयले सोही आर्थिक वर्षमा राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क र परीक्षा दस्तुरवापत रु तीन करोड ४९ लाख ५५ हजार २५० राजश्व सङ्कलन गरेको छ ।

    प्रकाशित मिति :साउन ८, २०७८ शुक्रबार - ०९:४६:०७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology