Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

प्रदेश नं १ मा ९५४ सङ्क्रमित थपिए

प्रदेश नं १ मा ९५४ सङ्क्रमित थपिए

कालीगण्डकी खबर

२५, साउन २०७८
  • 691
    SHARES
  • प्रदेश नं १ मा ९५४ सङ्क्रमित थपिए

    विराटनगर, २५ साउन । प्रदेश नं १ मा कोभिड–१९ बाट ९५४ जनासङ्क्रमित भएका छन् ।

    images

    एक हजार ७४४ जनाको पिसीआर परीक्षण गर्दा ५५४ र एक हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापा २५७, मोरङ १३८ मध्ये विराटनगर ६१, सुनसरी ९९, इलाम १९, धनकुटा १८, उदयपुर छ, सङ्खुवासभामा दुई, पाँचथर र तेह्रथुममा एक÷एक र प्रदेश बाहिरका १३ जनामा सङ्क्रमण देखिएको छ ।

    तीन सय ३८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणका कारण दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :साउन २५, २०७८ सोमबार - १७:५९:५९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology