Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवासमा

बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवासमा

कालीगण्डकी खबर

४, भदौ २०७८
  • 490
    SHARES
  • बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवासमा

    वाग्मती, ४ भदौ । बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्कनुभएको छ ।

    images

    मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्कनुभएको हो । उहाँले ४२ महिना सरकार चलाउनुभएको थियो ।

    बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका पौडेलले बिहीबार सरकारी निवास छाड्नुभएको हो । उहाँले अबको बाँकी समय जनताको हितमा काम गर्ने बताउनुभयो ।

    उहाँले राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्नुभएको छ । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन हुनुभएको थियो ।

    भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा
    गाईजात्रा पर्वका अवसरमा बागमती प्रदेश सरकारले यही भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ ।

    प्रदेशमा प्रमुख पर्वका रूपमा मनाइने भएकाले प्रदेशभर सार्वजनिक बिदा घोषणा गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

    प्रकाशित मिति :भदौ ४, २०७८ शुक्रबार - ०७:४५:४६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology