Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

सरकारबाट विभुषित हुँदै गायिका विष्णु माझी

सरकारबाट विभुषित हुँदै गायिका विष्णु माझी

कालीगण्डकी खबर

३, असोज २०७८
  • 5.0K
    SHARES
  • सरकारबाट विभुषित हुँदै गायिका विष्णु माझी

    स्याङ्जा, ३ असोज । लोकदोहोरी गायिका विष्णु माझीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ ।

    images

    संविधान दिवसको अवसरमा सरकारले माझीलाई प्रवल जनसेवा श्री प्रदान गर्ने घोषणा गरेको हो ।

    नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका माझीलाई सरकारले विभुषण पाउने व्यक्तिको सुचीमा राखेको छ ।

    त्यसैगरी सरकारले दोहोरी गायक चन्द्र शर्मा र कुल बहादुर सुनार (कुलेन्द्र विश्वकर्मा) लाई पनि प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ ।

    सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ । उक्त विभुषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिन्छ ।

    प्रकाशित मिति :असोज ३, २०७८ आइतबार - ०७:३०:२४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology