Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

अमेरिकाबाट दिनेशले ल्याउनुभयो 'रिसाउ न त रिसाउ' (भिडियो)

अमेरिकाबाट दिनेशले ल्याउनुभयो 'रिसाउ न त रिसाउ' (भिडियो)

कालीगण्डकी खबर

१३, असोज २०७८
  • 349
    SHARES
  • अमेरिकाबाट दिनेशले ल्याउनुभयो 'रिसाउ न त रिसाउ' (भिडियो)

    काठमाडौं, १३ असोज । रिसाएकी प्रेमिकालाई फकाउन आउदैन ? अब प्रेमिका फकाउने नयाँ गीत बजारमा आएको छ। गायक प्रताप दासको स्वरमा समावेश 'रिसाउ न त रिसाउ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    images

    प्रेमिल शैलीको गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ। नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गर्नुभएको हो।

    अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ।

    म्युजिक भिडियोमा दिनेश खनाल र बिष्णु मिश्रलाई क्युट कपलको रुपमा प्रस्तुत गरिएको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। मोडल खनालको आधिकारिक च्यानल 'दिनेश खनाल अफिसिएल' मार्फत भिडियो सार्वजनिक गरिएको हो।

    (भिडियो हेर्नुहोस्)

    प्रकाशित मिति :असोज १३, २०७८ बुधबार - १८:२४:४५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology