Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

लुम्बिनीको थप पर्यटन प्रवद्र्धन गर्न आग्रह

लुम्बिनीको थप पर्यटन प्रवद्र्धन गर्न आग्रह

कालीगण्डकी खबर

१७, असोज २०७८
  • 283
    SHARES
  • लुम्बिनीको थप पर्यटन प्रवद्र्धन गर्न आग्रह

    लण्डन, १७ असोज । परोपकारी संस्था बुद्ध फाउण्डेशन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवद्र्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । सन् २०१७ मा सो संस्था यहाँ दर्ता भएको थियो ।

    लण्डनस्थित नेपाली दूतावासमार्फत हालै सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै फाउण्डेशनले बुद्धजन्मस्थलका बारेमा अन्तर्राष्ट्रियस्तरमा थप प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो ।

    images

    यहाँस्थित राजदूत लोकदर्शन रेग्मीलाई फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठसहित कार्यसमितिका पदाधिकारीले ज्ञापनपत्र बुझाउनुभएको थियो ।

    ज्ञापनपत्रमा विश्वमा अहिंसा र शान्तिको सन्देश दिने गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई थप प्रवद्र्धन गर्न र राहदानीमा लुम्बिनीलाई समावेश गराउन भनिएको छ ।

    प्रकाशित मिति :असोज १७, २०७८ आइतबार - ०७:३५:३१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology