Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग स्पोर्टस् क्यासल फाइनलमा

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग स्पोर्टस् क्यासल फाइनलमा

कालीगण्डकी खबर

२०, असोज २०७८
  • 265
    SHARES
  • ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग स्पोर्टस् क्यासल फाइनलमा

    कास्की, २० असोज । स्पोट्रस क्यासल पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गरेको छ ।

    पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न खेलमा ‘द राइजिङ’ क्लब धरानलाई ८–६ को गोल अन्तरले पराजित गर्दै घरेलु टोली क्यासल फाइनल प्रवेश गरेको हो । खेलमा क्यासलले सुरुआती अग्रता बनाए पनि जीतका लागि अन्तिमसम्म कडा सङ्घर्ष गर्नुपरेको थियो ।

    images

    क्यासललाई जीत दिलाउन किशोर गुरुङ र सुमित श्रेष्ठले ह्याट्रिक गर्नुभयो भने सुरज गुरुङ र विजय गुरुङले समान एक÷एक गोल गर्नुभयो ।

    राइजिङका हेमन्त थापामगर, सुदीप गुरुङ र मिलन राईले दुईरदुई गोल गर्नुभयो । खेलको ‘म्यान अफ दि म्याच’ स्पोर्ट्स क्यासलका किशोर गुरुङ चुनिनुभयो । उहाँले नगद रु पाँच हजार पुरस्कार पाउनुभयो ।

    क्यासल लिग तालिकाको शीर्ष स्थानमा रहँदै ‘प्लेअफ’मा पुगेको थियो । यस्तै राइजिङले पनि दोस्रो स्थानमा रहँदै ‘प्लेअफ’को यात्रा तय गरेको थियो ।

    यसैगरी आज शङ्खमूल फुटसल क्लब र सविन मेमोरियलबीचको ‘इलिमिनेटर’ खेलमा शङ्खमूल विजयी भएको छ । शङ्खमूलले तीनरदुईको गोल अन्तरले खेल जित्न सफल भयो ।

    शङ्खमूलका कृजल खड्काले दुई तथा जेनिश प्रजापतिले एक गोल गर्नुभयो । शङ्खमूलले अब फाइनल प्रवेशका लागि बिहीबार ‘द राइजिङ’ क्लब धरानसँग खेल्नेछ ।

    सविनका सरोज गुरुङ र मनोज गुरुङले गोल गर्नुभयो । अखिल नेपाल फुटबल सङ्घले देशमा पहिलो पटक फुटसल लिग आयोजना गरेको हो । गत असोज २ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल असोज २२ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।

    लिगको विजेताले रु १० लाख, ट्रफी तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्ने लिग संयोजक एवं एन्फा फुटसल विभाग प्रमुख विनोद गुरुङले जानकारी दिनुभयो ।

    लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रकाशित मिति :असोज २०, २०७८ बुधबार - १८:३७:०४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology