Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

बागमती प्रदेशमा सार्वजनिक भाडा कायम

बागमती प्रदेशमा सार्वजनिक भाडा कायम

कालीगण्डकी खबर

२१, असोज २०७८
  • 298
    SHARES
  • बागमती प्रदेशमा सार्वजनिक भाडा कायम
    फाइल फोटो

    बागमती, २१ असोज । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको जनाएको छ । प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको छ ।

    images

    प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले लागू गरेको भाडादरअनुसार काठमाडौँ उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किमी दूरीसम्मको भाडा रु १८ कायम गरिएको छ ।

    दश किमीसम्मको रु २३, १५ किमीसम्मको रु २७, २० किमीसम्मको रु ३० र २० किमीभन्दा माथिको रु ३५ कायम गरिएको बताइएको छ ।

    त्यस्तै भाडामा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म रु पाँचका दरले सरसामान वा गुन्टा साथमा लैजाने पाउने कायम गरेको जनाइएको छ । मन्त्रालयका सचिव अशोक शाहद्वारा जारी विज्ञप्तिमा उक्त भाडादर यही कात्तिक १ गतेदेखि लागू हुने बताइएको छ ।

    प्रकाशित मिति :असोज २१, २०७८ बिहीबार - १७:५४:०६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology