Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

सुक्खा पहिराले पृथ्वीराजमार्गमा १० किलोमिटर लामो जाम

सुक्खा पहिराले पृथ्वीराजमार्गमा १० किलोमिटर लामो जाम

कालीगण्डकी खबर

२१, असोज २०७८
  • 3.1K
    SHARES
  • सुक्खा पहिराले पृथ्वीराजमार्गमा १० किलोमिटर लामो जाम
    फाइल फोटो

    धादिङ, २१ असोज । गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छिमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

    images

    सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो ।

    यातायात अवरुद्ध हुँदा दसैँका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ ।

    यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो ।

    प्रकाशित मिति :असोज २१, २०७८ बिहीबार - १८:१२:१९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology