Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

पाँच पञ्चाङ्ग (पाञ्चायन)

पाँच पञ्चाङ्ग (पाञ्चायन)

कालीगण्डकी खबर

२२, असोज २०७८
  • 484
    SHARES
  • पाँच पञ्चाङ्ग (पाञ्चायन)

    १.
    आऊ साथी फर्किएर अन्यौलमा पार्नु हुँदैन
    फकाएर बुई चढाइसकेसी झार्नु हुँदैन
    कठिन छ यात्रा ओइलिएर जाने हो जीवन
    आफ्नै हुन् सन्तान लालाबाला सबै मार्नु हुँदैन
    मन भनेको स्थिर राख्ने हो अन्त सार्नु हुँदैन ।

    images

    २.
    यात्रा लामो छ यात्रामा गल्नु हुँदैन
    सबैको आफ्नो भाग छ जल्नु हुँदैन
    मिली हिँडौँ साथीहरू यात्रा एउटै
    मनको कालो अरूमा दल्नु हुँदैन
    कर्तव्य पालना गर्न रल्नु हुँदैन ।

    ३.
    रिसमा आगो बनेर बल्नु हुँदैन
    विना हुरीबतासमा चल्नु हुँदैन
    आफ्नोआफ्नो विशेषता छन् देखाउनु
    आफन्तको विश्वासमा छल्नु हुँदैन
    विषादी बोकेर फल फल्नु हुँदैन ।

    ४.
    हिँस्रक भन्ने थाहा छ शरण नपर भनेँ
    विषादी फल्छ पक्कै पनि बिउ नछर भनेँ
    अर्ती मान्नुपर्छ समयमा नै घाम लाग्दछ
    सानो छ खोला भनी विना लौरो नतर भनेँ
    हुने कुरा भएरै टर्छ जिद्दी नगर भनेँ ।

    ५.
    मायाको जालो बुनी घेर्दछौ तिमी
    आफ्नो मनमा आफैँ केर्दछौ तिमी
    यसरी चल्दैन जिन्दगी सोच है
    अप्ठेरो परे शब्द फेर्दछौ तिमी
    आवश्यक भएमा बेर्दछौ तिमी ।

    सविता के.सी.

    प्रकाशित मिति :असोज २२, २०७८ शुक्रबार - ०८:२९:३१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology