Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

देउवा सरकार बन्न सकेन ‘समावेशी’

देउवा सरकार बन्न सकेन ‘समावेशी’

कालीगण्डकी खबर

२३, असोज २०७८
  • 214
    SHARES
  • देउवा सरकार बन्न सकेन ‘समावेशी’

    काठमाडौं, २३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उहाँको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो ।

    देउवाको नेतृत्वमा गत २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । तर, देउवाले विस्तार गरेको मन्त्रिपरिषद् समावेशी छैन । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेख्नुभएको छ ।

    images

    देउवा सरकारमा खस आर्य समुदायकै बाहुल्य रहेको देखिन्छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा खस÷आर्य समुदायबाट प्रधानमन्त्रीसहित ११ जना मन्त्री रहेका छन् । प्रतिशतको आधारमा हेर्ने हो भने खस-आर्य समुदायको ४४ प्रतिशत सहभागिता छ ।

    खस÷आर्य समुदायबाट प्रधानमन्त्री देउवासहित मन्त्रीहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, पम्फा भुसाल, विरोध खतिवडा, जनार्दन शर्मा, मीनेन्द्र रिजाल, डा। नारायण खडका, देवेन्द्र पौडेल, उमा रेग्मी र गजेन्द्रबहादुर हमाल रहनुभएको छ ।

    ३३ प्रतिशत महिला सहभागी हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि महिलाको सहभागिता २४ प्रतिशत मात्रै रहेको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना मात्रै महिला रहेका छन् । महिलाबाट पम्पा भुसाल, रेणुकुमारी यादव, उमा रेग्मी, शशि श्रेष्ठ, रामकुमारी झाक्री मन्त्री छन् । राज्यमन्त्रीमा महिलाबाट बोधमायाकुमारी यादव रहेकी छन् ।

    यस्तै, मधेसी समुदायबाट चार जना मात्रै मन्त्री रहेका छन् । प्रतिशतका आधारमा मधेसी समुदायको सहभागिता १६ प्रतिशत रहेको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा मधेसी समुदायबाट रेनुकुमारी यादव, महेन्द्रराय यादव, रामसहाय यादव मन्त्री छन् भने राज्यमन्त्रीमा बोधमाया यादव रहेकी छन् । तर, मधेसी समुदायबाट चारै जना यादव समुदायका छन् ।

    प्रकाशित मिति :असोज २३, २०७८ शनिबार - ०७:५७:०१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology