Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

क्रान्ति

क्रान्ति

मित्रलाल पंज्ञानी

२३, असोज २०७८
  • 805
    SHARES
  • क्रान्ति

    हिँडियो पाइला चाल्दै, धर्तीमा टेकिँदै गए
    देखिए भोगिए जे जे, मनमा लेखिँदै गए
    सभ्यता रचना गर्ने मान्छे नै हो महीधर
    महान् पुस्तक हो मान्छे पढ्नु पर्ने निरन्तर

    images

    रोपिने, हुर्किने, फुल्ने, फल्नेका रितमा चली
    घुम्दै छिन् पृथिवी आमा चेतनाकी जनस्थली 
    जागा छन् बुद्धका ज्योति, धीर गम्भीर भै जहाँ
    किन क्रान्ति नभै छाड्ला जनता वीर छन् जहाँ

    बस्छन् क्वै चित्तका पन्छी पिञ्जरामा थुनीकन
    तर्सन्छन् बिचरा त्यस्सै ‘क्रान्ति’ शब्द सुनीकन
    क्रान्ति हो, मुक्तिको अर्थ, मुक्तिको मार्ग नै पनि
    कल्ले व्याख्या गरी ढाँट्यो ‘क्रान्ति काट्मार हो’ भनी ?

    प्यारी छिन् ‘मुक्तिका’ माता, सास दिन्छिन् निसासमा 
    दुःख हट्ला कुनै बेला, मान्छे बाँच्तछ आसमा 
    उनैले हुन् बचाएकी सिर्जना–सारकी जिमी
    म लागेँ मुक्तिका पट्टि, कुन लाइनमा तिमी

    प्रकाशित मिति :असोज २३, २०७८ शनिबार - ०८:४७:२६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    मित्रलाल पंज्ञानी

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology