Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

ब्याडमिन्टन प्रतियोगितामा विनोद र पर्लाबको जोडी च्याम्पियन

ब्याडमिन्टन प्रतियोगितामा विनोद र पर्लाबको जोडी च्याम्पियन

कालीगण्डकी खबर

२३, असोज २०७८
  • 259
    SHARES
  • ब्याडमिन्टन प्रतियोगितामा विनोद र पर्लाबको जोडी च्याम्पियन

    लमजुङ, २३ असोज । बेँसीसहर नगरपालिकाका विनोद तामाङ र पर्लाब बोहोराको जोडी प्रथम जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेको छ । 

    विजयदशमी तथा दीपावलीका अवसरमा बेँसीसहर–८ क्रिशक्तिमार्गमा जिल्लाका तीन युवाद्वारा सञ्चालित फिटनेस कम्प्लेक्सको आयोजनामा आज भएको फाइनल खेलमा उक्त जोडी प्रतियोगिताको च्याम्पियन बनेको हो ।

    images

    फाइनल खेलमा तामाङ र बोहोराको जोडी सुन्दरबजार नगरपालिकाका लोकेश सुनार, दिपन गायकको जोडीलाई २१–१३, २१–१२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै विनोद र पर्लाबको जोडीले रु २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । 

    त्यस्तै सेमिफाइनलमा पुग्ने  सुन्दरबजारका मन्बिर गुरुङ र वीरबहादुर गुरुङ तथा भोटेओडारका रोहित गुरुङ र सुभास श्रेष्ठको जोडीले रु पाँच÷पाँच हजार र प्रमाणपत्रमा चित्त बुझाएका छन् । सो अवसरमा उदयमान नयाँ खेलाडी समिर गुरुङ र समिर शेखको जोडीलाई प्रमाणपत्र तथा ट्रफि प्रदान गर्दै प्रोत्साहन गरिएको थियो ।

    विजयी खेलाडीलाई राष्ट्रिय युवा परिषद्का जिल्ला अध्यक्ष जुन तामाङले पुरस्कार वितरण गर्नुहुँदै दसैँको बेलामा आयोजना गरेको यस प्रतियोगिताको मुख्य उद्देश्य नयाँ खेलाडी उत्पादन गर्ने भएकाले स्कुल÷स्कुलमा, विभिन्न ठाउँमा कोर्ट गर्दै ब्याडमिन्डन सङ्घले प्रतियोगिता सञ्चालन गरेर सानै उमेरदेखि नै ब्याडमिन्डन प्रतियोगितामा जोड दिनुपर्ने बताउनुभयो । प्रतियोगितामा जिल्लाका २३ समूहको सहभागिता रहेको आयोजकले जनाएको छ ।

    प्रकाशित मिति :असोज २३, २०७८ शनिबार - १७:३५:०५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology