Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

स्याङ्जाबाट लागूऔषधसहित तीन पक्राउ 

स्याङ्जाबाट लागूऔषधसहित तीन पक्राउ 

कालीगण्डकी खबर

२३, असोज २०७८
  • 4.4K
    SHARES
  • स्याङ्जाबाट लागूऔषधसहित तीन पक्राउ 

    पाल्पा, २३ असोज । स्याङ्जा, पुतलीबजार नगरपालिकाबाट नियन्त्रित लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।  

    पुतलीबजार नगरपालिका ४ नागडाँडाबाट उनीहरुलाई १ सय ८४ एम्पुल डाईजेपाम, १ सय ८४ एम्पुल फेनारगन र १ सय ८४ एम्पुल नुफिनसहित शुक्रबार बेलुका पक्राउ गरेको प्रहरीले बताएको छ । 

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पक्राउ पर्नेहरुमा फेदीखोला गाउँपालिका २ बस्ने ३४ वर्षीय बिक्रम गुरुङ लगायत तीन जना रहेका छन् । 

    उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र प्रहरी चौकी फेदीखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले  लागूऔषधसहित फेला पारी पक्राउ गरेको बताएको छ । 

    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकोछ ।

    यो पनि पढ्नुहोस् :-
    वालिङका १०८ घरमा ‘एक घर–एक धारा’ जडान वालिङका १०८ घरमा ‘एक घर–एक धारा’ जडान

    प्रकाशित मिति :असोज २३, २०७८ शनिबार - १८:०५:२४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology