Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

थप ७६० मा सङ्क्रमण पुष्टि, ८९९ निको

थप ७६० मा सङ्क्रमण पुष्टि, ८९९ निको

कालीगण्डकी खबर

२३, असोज २०७८
  • 301
    SHARES
  • थप ७६० मा सङ्क्रमण पुष्टि, ८९९ निको
    फाइल फोटो

    काठमाडौँ, २३ असोज  । पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण देखिएको हो ।

    images

    आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार ३४० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० छन् । 

    पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् ।

    पछिल्लो २४ घण्टामा ८९९ जना सङ्क्रमणबाट निको भएका छन् । आजसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुने सात लाख ७५ हजार ७२ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ ।

    यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ । 

    हाल देशभर ३१७ सघन उपचारकक्ष (आइसीयू), ११३ भेन्टिलेटर, १४ हजार १६८ होम आइसोलेशन, एक हजार १७२ संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा छन् । आज ९० हजार ९९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
     
    अहिलेसम्म पहिलो मात्रा ८१ लाख २७ हजार २६२ र पूर्ण मात्रा ६४ लाख ४६ हजार ९५७ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :असोज २३, २०७८ शनिबार - १८:४२:२९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology