Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

वालिङमा हाट बजारको उद्दघाटन, हाट बजारको निरन्तरतामा प्रमुख खाँणको जोड

वालिङमा हाट बजारको उद्दघाटन, हाट बजारको निरन्तरतामा प्रमुख खाँणको जोड

कालीगण्डकी खबर

२३, असोज २०७८
  • 5.0K
    SHARES
  • वालिङमा हाट बजारको उद्दघाटन, हाट बजारको निरन्तरतामा प्रमुख खाँणको जोड

    स्याङ्जा, २३ असोज । वालिङमा हाटबजार स्थापना गरिएको छ । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र वालिङ नगरपालिका, दियालो गैह्रसरकारी संस्था, यूएनडिपि नेपाल, उद्योग वाणिज्य संघको साझेदारीमा वालिङ ८ खेलमैदानको गेटस्थित हाट बजारको उद्दघाटन गरिएको हो । 

    हाटबजारको उद्दघाटन गर्नुहुँदै नगरप्रमुख दिलिपप्रताप खाँणले हाटबजारले किसानहरुका कृषि उत्पादनको बजारीकरणमा सघाउ पु¥याउने भन्दै यसको निरन्तरतामा जोड दिनुभयोे । 

    प्रमुख खाँणले भन्नुभयो, ‘गाँउगाउँमा कृषकहरुले उत्पादन गर्नुभएका कृषि उपजहरुलाई संकलन केन्द्रमार्फत हाटबजारमा विक्रि वितरण गरिनेछ । कृषि उपजको बजारीकरणका लागी नगरपालिकाले प्राथामिकताका साथ अगाडि बढेको छ ।’

    images

    साथै प्रमुख खाँणले गाउँगाउँका सहकारीका भवन, क्लबका भवनहरुलाई संकलन केन्द्र बनाई केन्द्रबाट हाटबजारसम्म ल्याउने र विक्रि गर्ने वातावरण सृजना गर्ने भन्दै यहाँ खपत भई बाँकी रहेका उपजहरुको बाहिरी जिल्ला निर्यात गर्न समेत नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । 

    कार्यक्रममा उपप्रमुख कल्पना  तिवारी, यूएनडिपि नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश संयोजक सुदिप अर्याल, दियालो संस्थाकी अध्यक्ष कविता गैह्रे, वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनाललगायतले बोल्नुभएको थियो ।

    हाटबजार शनिबादेखि ३ दिनसम्म चल्नेछ भने अव हरेक साताको शनिबार हाटबजार सञ्चालन हुनेछ । हाटबजारमा कृषिजन्य वस्तु, पशुजन्यवस्तु, कृषि औजार, हस्तकलालगायतका स्टलहरु रहेका छन् । स्टलहरु निशुल्क उपलब्ध गराईएको छ ।

    वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्या.यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष नेत्रप्रसाद सुवेदी र सञ्चालन सचिव भुपराज बगालेले गर्नुभएको थियो ।

    कृति विमोचन तथा श्रष्टा सम्मान
    वालिङमा कृति विमोचन तथा श्रष्टा सम्मान कार्यक्रम गरिएको छ । सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी प्रदेश, हरिदेवि कोईराला साहित्य संगित राष्ट्रिय  सम्मान कोष कास्की र बैकल्पिक बाटो पृथक पाईला सृजनात्मक अभियान स्याङ्जाको आयोजनामा कृति विमोचन तथा श्रष्टा सम्मान गरिएको हो । हरिदेवि कोईराला साहित्य संगितले वालिङ २ निवासी वरिष्ठ बाल साहित्यकार देविप्रसाद वनबासीलाई सम्मान गरेको छ ।

    नगद २५ हजार, दोसल्ला र सम्मानपत्रले वरिष्ठ  साहित्यकार वनबासीलाई सम्मान गरिएको हो । सम्मान गर्नुहुँदै नगरप्रमुख दिलिपप्रताप खांणले वरिष्ठ साहित्यकार वनबासी सिंगो ईतिहास भएकाले भन्दै उहाँले साहित्यमा धेरै योगदान पु¥याउनुभएको बताउनुभयो ।

    साथै प्रमुख खाँणले समाज रुपान्तरणका लागी साहित्यीक सृजना हुनुपर्ने भन्दै समाजका वस्तुस्थितिलाई साहित्यले छर्लङ पार्ने बताउनुभयो । साहित्य समाजको ऐना भएकाले समाजलाई सकरात्मक बाटोमा अगाडि बढाउन साहित्यले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

    कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, सम्मानित वरिष्ठ साहित्यकार देविप्रसाद वनबासी, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्णप्रसाद पौडेल, साहित्यकारहरु टुकादेवि कोईराला, प्रा.डा यामबहादुर पौडेल, लक्ष्मीप्रसाद रेग्मी, ताराप्रसाद तिमल्सीना, छन्दमणी त्रिपाठी, लिलि अधिकारीलगायतका साहित्यकारहरुले रचना वाचन गर्नुभएको थियो ।

    बैकल्पिक बाटो पृथक पाईला सृजनात्मक अभियान स्याङ्जाका अध्यक्ष शम्भु अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका स्वागत वसन्त खनाल र सञ्चालन मिलन समिरले गर्नुभएको थियो ।

    यो पनि पढ्नुहोस् :- वालिङका १०८ घरमा ‘एक घर–एक धारा’ जडान

    प्रकाशित मिति :असोज २३, २०७८ शनिबार - २१:०२:१६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology