Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

भलिबल प्रतियोगितामा डोटी विजयी

भलिबल प्रतियोगितामा डोटी विजयी

कालीगण्डकी खबर

२३, असोज २०७८
  • 253
    SHARES
  • भलिबल प्रतियोगितामा डोटी विजयी

    सुदूरपश्चिम, २३ असोज । धनगढीमा आयोजित प्रथम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ । फाइनल खेलमा आज डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो । 

    उपाधिसँगै डोटीले पुरस्कार स्वरुप नगद एक लाखसहित ट्रफी पाएको छ । डडेल्धुराले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ ।

    images

    प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने कैलाली र कञ्चनपुरको भलिबल टोलीले समान रु २५÷२५ हजारसहित ट्रफी पाएका छन् । विभिन्न विधाका उत्कृष्ट खेलाडी पनि पुरस्कृत भएका छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डोटीका प्रसान्त साहु घोषित भइ पुरस्कृत हुनुभयो ।

    त्यसैगरी कञ्चनपुरका सन्तोष महता उत्कृष्ट ब्लकर, कैलालीका महेश खत्री उत्कृष्ट लिफ्टर, डडेल्धुराका वीरबहादुर विक उत्कृष्ट स्पाइकर र डोटीका प्रशिक्षक अनिल जोशी उत्कृष्ट प्रशिक्षक घोषित भइ पुरस्कृत हुनुभएको छ । 

    प्रतियोगिताका विजयी खेलाडीलाई सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । 

    खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार भएको प्रतियोगितामा प्रदेशका सबै नौ जिल्लाका भलिबल टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीलाई समेटेर तयार गरिने सुदूरपश्चिम प्रदेशको भलिबल टोलीले प्रदेशको प्रतिनिधित्व गर्दै आगामी दिनमा हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी गराउने खेलकुद परिषद्ले जनाएको छ ।

    प्रकाशित मिति :असोज २३, २०७८ शनिबार - २१:२४:२६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology