Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

जिल्ला सभापतिहरूमा पनि देउवाकै वर्चश्व

जिल्ला सभापतिहरूमा पनि देउवाकै वर्चश्व

कालीगण्डकी खबर

२४, असोज २०७८
  • 220
    SHARES
  • जिल्ला सभापतिहरूमा पनि देउवाकै वर्चश्व

    काठमाडौं, २४ असोज। अधिवेशन सम्पन्न १३ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवा निकट नेतृत्वले विजयी प्राप्त गरेको छ भने ५ जिल्लामा संस्थापनइतर पक्षका नेता सभापतिमा निर्वाचित भएका छन् । 

    १४औं महाधिवेशनबाट पुनः नेतृत्व लिने रणनीतिमा लागेका काँग्रेस सभापति शेरवहादुर देउवाले वडा अधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष ल्याउन मेहेनत गरिरहेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईले लेख्नुभएको छ ।

    images

    दशैंअघि हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने योजनाअनुसार शुक्रबारसम्म १३ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । हिमाली जिल्ला २१ मध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कालिकोट, हुम्ला, मुगु, जुम्ला, बाजुरा र बझाङमा जिल्ला अधिवेशन अघि बढेको थियो । 

    जसमध्ये जुम्लामा शुक्रवार अवेरसम्म निर्वाचन प्रक्रियामा गइसकेको छैन । हिमाली जिल्लामध्ये डोल्पा, सोलुखुम्वु, रसुवा, मयाग्दी लगायतका जिल्लाहरुमा अधिवेशन हुन सकेको छैन ।

    अधिवेशन सम्पन्न भएको जिल्लामध्ये देउवा निकट सभापतिहरुमा ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मनाङमा शंकर गुरुङ, रुकुम पूर्वमा केशरमान रोका, हुम्लामा मोहनविक्रम सिंह र मुगुमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । 

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता संखुवासभामा दीपक खड्का, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन थकाली, कालिकोटमा अम्बबहादुर शाही र बाजुरामा रामसिंह रावल जिल्ला सभापतिमा निर्वाचित भएका छन् । यीमध्ये पनि संखुवासभामा निर्वाचित खड्का महामन्त्री शशांक कोइराला निकट हुन् । 

    गोरखाका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने महामन्त्रीका दाबेदार गगन थापा निकटका हुन् ।

    प्रकाशित मिति :असोज २४, २०७८ आइतबार - ०७:४९:१० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology