Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

रेल सञ्चालनमा कानुनी अड्चन

रेल सञ्चालनमा कानुनी अड्चन

पत्रपत्रिकाबाट

२४, असोज २०७८
  • 280
    SHARES
  • रेल सञ्चालनमा कानुनी अड्चन

    काठमाडौँ, २४ असोज । नेपाल र भारतबीच जयनगर–कुुर्थाखण्डमा यात्रुुवाहक रेल सेवा सञ्चालनको काम कानुनी अड्चनले रोकिएको छ । आवश्यक न्यूनतम पूर्वाधार तयार भइसकेको तथा अन्तरदेशीय रेल सेवा सञ्चालनका लागि नेपाल–भारतबीच सम्झौता भइसके पनि कानुनी अड्चनले सेवा सुचारु हुन रोकेको हो ।

    भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले कानुन अभाव नै रेल सेवा सञ्चालनको प्रमुख बाधक रहेको बताउनुुभयो । उहाँले कानुन ल्याएर उद्घाटन गरिदिनुप¥यो भन्नुभयो । कानुनी अड्चनलाई सम्बोधन गर्न दुुई वर्षदेखि रेल्वे विधेयक अलपत्र परेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेख्नुभएको छ ।

    images

    पहिलो पटक २०७६ पुस १८ गते राष्ट्रिय सभामा दर्ता भएको रेल्वे विधेयक त्यसयता अलपत्र पर्दै आएको छ । पछिल्लो पटक २०७८ साउन २७ गते तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभामा रेल्वे विधेयक–२०७८ प्रस्तुत गरेपछि सर्वसम्मतले पारित भएको थियो ।

    तर, प्रतिनिधि सभामा भने लामो समयसम्म अलपत्र परेको रेल्वे विधेयक–२०७८ फिर्ता लिन शुक्रबार राष्ट्रिय सभाको अनुुमति मागेको छ । राष्ट्रिय सभाले विधेयक फिर्ता लिएपछि अध्यादेशका रूपमा रेल्वे विधेयक आउन सक्ने अनुमान गरिएको छ ।

    कानुनविना रेल सञ्चालन भए निम्तिन सक्ने जोखिमलाई प्रस्ट्याउँदै मन्त्रालयका सचिव श्रेष्ठले भन्नुुभयो, “सेवा सञ्चालनका लागि भारतबाट चालक दल ल्याएका छौँ, दुर्घटना भएको अवस्थामा अन्य कानुन आकर्षित भई जेल जाने हुन्छ ।”

    सेवा सञ्चालनको तयारीस्वरूप शुक्रबारमात्रै सञ्चालन प्रक्रिया (स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्युर)मा हस्ताक्षर भएको छ । अन्तरदेशीय सेवा सञ्चालनका लागि सम्बन्धित राष्ट्रबीच सञ्चालन सम्झौता हुुनुुपर्छ । नेपालस्थित भारतीय दूतावासका अनुसार नयाँदिल्लीमा नेपाल र भारतीय अधिकारीबीचको बैठकमा रेल सेवा सञ्चालन सहमतिपत्रमा हस्ताक्षर भएको हो । जयनगर–कुुर्था रेल सेवाका लागि आवश्यक न्यूनतम भौतिक पूर्वाधार तयार भएको दुुई वर्ष बितेको छ ।

    ३४.९ किलोमिटर रेल्वे ट्र्याक निर्माण, कर्मचारी आवास, स्टेसन भवन निर्माण भएको दुुई वर्ष बिते पनि रेल सेवा सुुचारु नहुुँदा उक्त पूर्वाधार प्रयोजनविहीन बन्न पुुगेको छ । सञ्चालन प्रक्रियामा हस्ताक्षरसँगै रेल सेवा सञ्चालन प्रक्रिया एक पाइला अगाडि सरेको छ ।

    प्रकाशित मिति :असोज २४, २०७८ आइतबार - ०७:५१:१३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology