Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

प्रधानमन्त्रीद्वारा साक्षर गण्डकी प्रदेश घोषणा गरिँदै

प्रधानमन्त्रीद्वारा साक्षर गण्डकी प्रदेश घोषणा गरिँदै

कालीगण्डकी खबर

२४, असोज २०७८
  • 283
    SHARES
  • प्रधानमन्त्रीद्वारा साक्षर गण्डकी प्रदेश घोषणा गरिँदै

    गण्डकी, २४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउनुहुने भएको छ । 

    पोखरामा उहाँ गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहका साथै पार्टीका कार्यक्रममा सहभागी हुनुहुनेछ ।
     
    कार्यक्रम अनुसार १०.३० बजे पोखरा विमानस्थल आएसँगै प्रधानमन्त्रीले पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा सो मन्त्रालयद्वारा निर्मित साक्षर गण्डकी प्रदेशको स्तम्भ अनावरण गर्नुहुनेछ ।

    यसपश्चात् पोखरा सभागृहमा साक्षर गण्डकी प्रदेश घोषणा समारोहको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।
     
    ती कार्यक्रमपछि नेपाली काँग्रेसका सभापति देउवा कांग्रेस पोखरा महानगरपालिका–१७ इकाइ समितिको आयोजना हुने विजयादशमी तथा दिपावली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुहुने काँग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले जानकारी दिनुभयो । 

    images

    प्रकाशित मिति :असोज २४, २०७८ आइतबार - १०:०४:१५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology