Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

सिद्धार्थ राजमार्गमा ट्रकले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

सिद्धार्थ राजमार्गमा ट्रकले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

कालीगण्डकी खबर

२४, असोज २०७८
  • 3.6K
    SHARES
  • सिद्धार्थ राजमार्गमा ट्रकले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

    पाल्पा, २४ असोज । सिद्धार्थ राजमार्गमा ट्रकले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा, बग्नासकाली गाउँपालिका २ छतिवन बस्ने ५९ वर्ष श्याम बहादुर रोका (सार्की) रहेको प्रहरीले बताएको छ ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बग्नासकाली गाउँपालिका ३ आर्यभन्जयाङस्थित सिद्धार्थ राजमार्गमा स्याङ्जाबाट बुटवल जादैँ गरको ग २ ख ३३५ नम्बरको ट्रकले आज बिहान अन्दाजी ७:३० बजे पैदल यात्रुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पा प्रवक्ता एवं सुचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताउनुभयो । 

    प्रहरी निरीक्षक पचभैयाले भन्नुभयो, ‘‘ट्रकले ठक्कर दिँदा घाइते हुनुभएको सार्कीलाई उपचारको लागि युनाइटेड मिसन अस्पताल पाल्पा पठाइएको थियो । उहाँको उपचारका क्रममा ८:२५ बजे अस्पतालले मृत घोषणा गरेको हो । घाइतेको टाउमा गम्भीर चोट लागेको थियो ।’’

    प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images

    प्रकाशित मिति :असोज २४, २०७८ आइतबार - १२:५३:५३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology