Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

स्याङ्जामा विवाह भोज खान गएका पुरुष मृत अवस्थामा फेला 

स्याङ्जामा विवाह भोज खान गएका पुरुष मृत अवस्थामा फेला 

कालीगण्डकी खबर

२४, असोज २०७८
  • 11.1K
    SHARES
  • स्याङ्जामा विवाह भोज खान गएका पुरुष मृत अवस्थामा फेला 

    स्याङ्जा, २४ असोज । स्याङ्जा, पुतलीबजार नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेको छन् ।

    images

    मृत अवस्थामा फेला पर्नेमा पुतलीबजार नगरपालिका ३ कमेर माटा बस्ने ५६ वर्षीय टीकाराम नेपाली रहेको प्रहरीले बताएको छ । 

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार नेपाली सोही नगरपालिकास्थित केयोडाँडा गाउँमा विवाहको भोज खान गएर घर नफर्कीपछि खोजी कार्य गरिएको थियो । 

    उहाँको खोजी कार्य गर्ने क्रममा काफलडाँडाको गोरेटो सडकबाट १ सय मिटर तल आइतबार मृत अवस्था फेला परेको प्रहरीले बताएको छ । 
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 



    यो पनि पढ्नुहोस् :- सिद्धार्थ राजमार्गमा ट्रकले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

    प्रकाशित मिति :असोज २४, २०७८ आइतबार - १७:३४:१८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology