Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

थप ५९६ मा कोरोना सङ्क्रमण, १० जनाको निधन

थप ५९६ मा कोरोना सङ्क्रमण, १० जनाको निधन

कालीगण्डकी खबर

२४, असोज २०७८
  • 265
    SHARES
  • थप ५९६ मा कोरोना सङ्क्रमण, १० जनाको  निधन
    फाइल फोटो

    काठमाडौँ, २४ असोज । विगत २४ घण्टामा ५९६ जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४०४ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

    images

    आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार २४ रहेका छन् । पछिल्लो २४ घण्टामा ८७१ जना सङ्क्रमणमुक्त भएका छन् ।

    योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७५ हजार ९४३ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ ।

    यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २३१ जनाको निधन भइसकेको छ । 

    हाल देशभर ३२२ सघन उपचारकक्ष (आइसीयू), ११३ भेन्टिलेटर, १३ हजार ८५९ होम आइसोलेसन, एक हजार १६५ संस्थागत आइसोलेसन र २३४ जना क्वारेन्टिनमा छन् । 

    आज ७८ हजार ९२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

    प्रकाशित मिति :असोज २४, २०७८ आइतबार - १९:०३:१४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology