Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

वालिङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाईते

वालिङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाईते

कालीगण्डकी खबर

२४, असोज २०७८
  • 6.4K
    SHARES
  • वालिङमा जीप दुर्घटना  हुँदा दुई जनाको मृत्यु, १७ घाईते

    स्याङ्जा, २४ असोज । स्याङ्जा, वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको  छ भने १७ जना घाईते भएको प्रहरीले बताएको छ । 

    जीप र्दुघटना परी मृत्यु हुने गल्याङ नगरपालिका १० का ७७ वर्षीय दल बहादुर पल्ली  र सोही ठाउँ बस्ने ३२ वर्षीय गंगा पल्ली रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारका अनुसार वालिङबाट लाखुडाँडा जाँदै गरेको ग १ ज ४९१८  नम्बरको जीप आइतबार साँझ ६:५० बजे वालिङ नगरपालिका १० मदिखोलामा दुर्घटना हुँदा १९ जना घाईते भएका छन् ।

    घाईतमध्ये दुई जनाको वालिङको प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको छ । त्यसै गरी तीन जना घाइतेको अवस्था चिन्ताजनक, १३ को मध्यम र जीप चालकको अवस्था सामान्य रहेको प्रवक्ता अधिकारीले बताउनुभयो । 

    जीप सडकदेखि करिव ५० मिटर तल खसेको छ भने जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । 

    images

    प्रकाशित मिति :असोज २४, २०७८ आइतबार - २०:२१:१७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology