Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

सुशीला ढकालका १० सुसेली

सुशीला ढकालका १० सुसेली

कालीगण्डकी खबर

२४, असोज २०७८
  • 538
    SHARES
  • सुशीला ढकालका १० सुसेली

    १.
    दसैँ आएको
    मेरो प्यारो गाउँको 
    झल्को लाएको ।

    images

    २.
    दसैँ तिहार
    आफन्त परदेश 
    रुन्छ हियार ।

    ३.
    वडा दसैँमा
    दुःख पिडा नपरोस्
    कोही कसैमा ।

    ४.
    दुर्गा भवानी
    हाम्रो रक्षा गर है
    अज्ञानी  ठानी ।

    ५.
    बस्छौ करमा
    रमाइलो  चाड त 
    गाउँ घरमा ।
     
    ६.
    धर्म संकृति
    नराम्रो त ल्याउनु
    हुन्न विकृति ।

    ७.
    हामी बुझेर
    दसैमा त सबैले
    दुर्गा पुजेर ।
     
    ८.
    हर हर हो 
    देवी दुर्गा माताजी 
    तिम्रै भर हो ।
     
    ९.
    दुःख  हराइ 
    दुर्गा देवी माताले
    रक्षा गराइ ।
     
    १०.
    गरेँ नमन
    बडा दसैँ सबैमा 
    शुभकामना ।

    सुशीला ढकाल (अधिकारी)

    प्रकाशित मिति :असोज २४, २०७८ आइतबार - २१:०१:०० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology