Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

अपडेटः वालिङमा जीप दुर्घटना हुँदा घाइते भएका १४ जनालाई थप उपचारको लागि पोखरा रिफर (नामावलीसहित)

अपडेटः वालिङमा जीप दुर्घटना हुँदा घाइते भएका १४ जनालाई थप उपचारको लागि पोखरा रिफर (नामावलीसहित)

कालीगण्डकी खबर

२४, असोज २०७८
  • 5.1K
    SHARES
  • अपडेटः वालिङमा जीप दुर्घटना हुँदा घाइते भएका १४ जनालाई थप उपचारको लागि पोखरा रिफर (नामावलीसहित)

    स्याङ्जा, २४ असोज । स्याङ्जा, वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा घाइते भएका १४ जनालाई थप उपचारको लागि पोखरा पठाइएको छ । 

    images

    जीप दुर्घटना परी घाइते भएका १७ जनामध्ये गल्याङ नगरपालिका १० की ५६ वर्षी रिता गाहा र उनको छोरी २ वर्षीय एन्जल गाहा र जीप चालक ३१ वर्षीय रुद्र बहादुर थापाको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचार गरी डिसचार्ज हुनुभएको छ । 

    जीप दुर्घटना परी गम्भीर घाइते भएका गल्याङ नगरपालिका १० बस्ने ५५ वर्षीय लिला कुमारी पल्ली, ४ वर्षीय करिष्मा थापा र २६ महिनाको अर्चल विक, मध्यम चोट लागेका गल्याङ नगरपालिका १० का ५५ वर्षीय राम बहादुर पल्ली, ३ वर्षीय किरण पल्ली, २४ वर्षीय त्रिसना विक, २२ वर्षीय विष्णु थापा, २७ वर्षीय अर्जुन थापा,  ६० वर्षीय हुमा पल्ली, २२ वर्षीय पुष्पा पल्ली, ४५ वर्षीय भिम कुमारी पल्ली, ३ वर्षीय एमना पल्ली, वालिङ नगरपालिका १० बजाकोट बस्ने २४ वर्षीय सपना थापा र सोही ठाउँ बस्ने २ वर्षीय नबिन थापालाई प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा पठाइएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारका अनुसार वालिङबाट लाखुडाँडा जाँदै गरेको ग १ ज ४९१८  नम्बरको जीप आइतबार साँझ ६५० बजे बजे वालिङ नगरपालिका १०, मदिखोलामा दुघर्टना हुँदा दुई जनाको मृत्यु भएको थियो भनी १७ जना घाइते भएका थिए ।

    जीप र्दुघटना परी गल्याङ नगरपालिका १० का ७७ वर्षीय दल बहादुर पल्ली  र सोही ठाउँ बस्ने ३२ वर्षीय गंगा पल्ली मृत्यु भएकोे प्रवक्ता अधिकारीले बताउनुभयो । 

    जीप सडकदेखि करिव ५० मिटर तल खसेको छ भने जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । 

    यो पनि पढ्नुहोस् :-अपडेटः वालिङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाईते (नामावलीसहित)

    प्रकाशित मिति :असोज २४, २०७८ आइतबार - २१:२८:२३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology