Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

स्याङ्जामा चाडपर्वका बेला दुर्घटना बढ्दो, अनुगमन फितलो

स्याङ्जामा चाडपर्वका बेला दुर्घटना बढ्दो, अनुगमन फितलो

कालीगण्डकी खबर

२६, असोज २०७८
  • 7.2K
    SHARES
  • स्याङ्जामा चाडपर्वका बेला दुर्घटना बढ्दो, अनुगमन फितलो

    स्याङ्जा, २६ असोज । आईतबार साँझ वालिङ १० मदिखोलामा जिप दुर्घटना हुँदा गल्याङका ३ जनाले ज्यान गुमाउनु प-यो ।

    images

    दशैँ मनाउन बजार किनमेल गरेर घर पुग्न नपाउँदै उनीहरुको निधन भयो । यसरी चाडपर्वका बेला सवारी दुर्घटनाहरु बढीरहेका छन् । 

    चाडपर्वका बेला किनमेल गर्ने यात्रु र दशैँ मनाउन आफ्नो जन्मथालो जाने यात्रुहरुको चापसंगै सवारी साधनहरुमा क्षमता भन्दा बढी यात्रु ओसारपसार गरेको देखिन्छ । 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले यसअघि स्याङ्जामा दुर्घटना न्युनिकरणका लागी जिपहरुको हुट निकाल्ने, क्षमता
    बढी यात्रु तथा सामान राख्नेलाई कारबाही गर्ने समेत गरेको छ । तर पनि अझै जीपको हुटमा बस्ने, पछाडि झुण्डिएर यात्रा गर्ने क्रम भने भने रोकिएको छैन् । 

    यसले नै दुर्घटना निम्त्याउने गरेको छ । चाडपर्वकै लागी घर जानेहरु चाडपर्वकै लागी किनमेल गरेर घर फर्केकाहरु यसरी दुर्घटना हुँदा घर पुग्नै नपाई ज्यान गुमाउनेपर्ने अवस्था देखिन्छ । 

    क्षमता भन्दा बढी यात्रु भएमा संयम यात्रुले समेत संयमता अपनाउनुपर्ने देखिन्छ । ग्रामिण क्षेत्रमा मात्र नभई राजमार्गमा समेत दुर्घटना बढेका छन् । सामान्य समय भन्दा चार्डपर्वका बेला दुर्घटनाहरु बढी हुने गरेका तथ्यांक रहेको छ । क्षमता भन्दा बढी यात्रु राख्ने, सवारी तिव्र गतिमा हाँक्ने, मादक पदार्थका सेवन गरेर सवारी चलाउनु र्ने दर्घटनाको कारण देखिन्छ । 

    सडक खाल्डाखल्डी, सडकको स्तरोन्नति नहुँनुका कारण पनि सडक दुर्घटना हुने गरेको सवारी चालकहरुको तर्क छ । वालिङ हुवास सडक खण्डका जीप चालक विजय भुर्तेलले सिमित सवारी सधान हुँदा चाडपर्वका बेला मानिसको चाप भएका कारण पनि यात्रुहरुको बाध्यताका कारण यात्रा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

    जिल्ला ट्राफिक कार्यालयका प्रमुख मिनबहादुर कुँवरले चाडपर्वका बेला सवारी चेकजाँचलाई बढाईएको दावी गर्नुृभयो । राजमार्गबाट ग्रामिण सडकका भित्री सडकहरुमा समेत पुगेर सम्झाउने बुझाउने पटक पटक दोहोरिएमा कारबाही समेत गर्ने गरिएको उहाँले बताउनुभयो । 

    गतवर्ष आर्थिक वर्ष २०७७-०७८ मा १६ ओटा सवारी दुर्घटना हुँदा १६ जनाको निधन भएको थियो भने २१ जना गम्भीर र ५ जना सामान्य घाईते भएका थिए । 

    यस्तै चालू वर्षको अहिलेसम्म ३ सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाईसकेका छन् भने १६ जना घाईते भएको जिल्ला ट्राफिक कार्यालयको तथ्यांक छ । सामान्य समयमा भन्दा चाडपर्वका बेला सवारी साधनमा चाप देखिन्छ । सिमित सवारी साधन यात्रुको चाप बढी भएका कारण पनि भीडभाडका साथ यात्रा गर्नुपर्ने यात्रुहरुको बाध्यता रहेको यात्रुहरुको गुनासो छ ।

    यो पनि पढ्नुहोस् :- अपडेटः वालिङमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, गाउँ शोकमा

    प्रकाशित मिति :असोज २६, २०७८ मंगलबार - १४:०३:५७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology