Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

जनताको अपेक्षाअनुसार काम हुनेछ: मन्त्री राना

जनताको अपेक्षाअनुसार काम हुनेछ: मन्त्री राना

कालीगण्डकी खबर

२६, असोज २०७८
  • 472
    SHARES
  • जनताको अपेक्षाअनुसार काम हुनेछ: मन्त्री राना

    पाल्पा, २६ असोज । लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले आफ्नो कार्यकालमा जनताको अपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ ।

    images

    आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा जनताले अनुभूति गर्ने खालका काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो । 

    काँग्रेसको जिल्लासभापतिसमेत रहनुभएका मन्त्री रानाले पाल्पाको समस्याका रुपमा रहेको विद्युत्को अभाव पूर्ति गरेर  उज्यालो पाल्पा बनाउने र सिद्धबाबा जाने  सडकको खाल्डाखुल्डी पुरेर  धुलोरहित बनाउन सम्बन्धित मन्त्रालयसँग समन्वय गरिने जानकारी दिनुभयो ।  

    दलप्रति जनतामा उत्पन्न वितृष्णालाई कामको माध्यमबाट हटाउने गरी काम गरिने उहाँको भनाइ थियो । 

    प्रकाशित मिति :असोज २६, २०७८ मंगलबार - १७:३०:४१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology