Logo

मंगलबार, मंसिर २१ गते २०७८

दसैँमा सात करोडको खसीबोकाको कारोबार

दसैँमा सात करोडको खसीबोकाको कारोबार

रासस

१, कात्तिक २०७८
  • 424
    SHARES
  • दसैँमा सात करोडको खसीबोकाको कारोबार
    फाइल फोटो

    धरान, १ कात्तिक । धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा रु सात करोड बराबरको खसीबोका कारोबार भएको छ । कोरोना महामारीका कारण धरानको पशुहाट गत असोज महिनामा मात्र खुलेको थियो । असोजभरि सात हजार र दसँैमा मात्र तीन हजार खसीबोका बिक्री वितरण गर्दा सात करोडको कारोबार भएको कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ । 

    images

    समितिका व्यवस्थापक लक्ष्मण भट्ट्राईका अनुसार दसँै अगाडिका दुई हप्तामा दुई करोडको खसीबोका कारोबार भएको थियो । दसँैको मुखमा रु पाँच करोडको कारोबार भएको छ । धरानमा कोशी र मेची करिडोरका जिल्लाबाट खसीबोका बिक्रीका लागि किसानले ल्याउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो ।

     उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सुनसरी, मोरङलगायत जिल्लाबाट यहाँ खसीबोका बिक्रीका लागि ल्याइन्छ । धरानमा प्रत्येक शुक्रबार धरान–१३ स्थित हाट लाग्ने गरेको छ । किसानले बिहीबार  नै खसीबोका ल्याउँछन् ।

     शुक्रबार हाटमा बिक्रीवितरण गरिँदै आएको छ । “पछिल्लो समय कृषि फार्ममा बाख्रापाल्नेको सङ्ख्या बढेसँगै खसीबोकाको उत्पादन पनि बढेको देखियो । किसानले यो वर्ष दैनिकजसो बिक्रीका लागि खसीबोका ल्याएका छन्”, व्यवस्थापक भट्टराईले भन्नुभयो ।

    प्रकाशित मिति :कात्तिक १, २०७८ सोमबार - १७:१२:२८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology