Logo

बुधबार, मंसिर १५ गते २०७८

सिद्धार्थ राजमार्गमा पहिरोः स्याङ्जा पोखरा सडकखण्ड अवरुद्ध

सिद्धार्थ राजमार्गमा पहिरोः स्याङ्जा पोखरा सडकखण्ड अवरुद्ध

कालीगण्डकी खबर

४, कात्तिक २०७८
  • 20.8K
    SHARES
  • सिद्धार्थ राजमार्गमा पहिरोः स्याङ्जा पोखरा सडकखण्ड अवरुद्ध

    स्याङ्जा, ४ कात्तिक। केही दिन देखि परेको अविरल वर्षाको कारण सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा पोखरा सडकखण्ड आज बिहान करिव ३:३५ बजेदेखि यातायात अवरुद्ध भएको छ ।

    images

    फेदीखोला गाउँपालिका २ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा ठूलो ढुङ्गासहित पहिरो खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले कालीगण्डकी खबरलाई जानकारी दिनुभयो ।

    bhalu pahad pahiro.jpg

    सडक अवरद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजमार्ग हुँदै पहाडि जिल्ला आउने र तराई जाने सवारी साधन रोकिएका छन् ।

    सडक डिभिजन कार्यालयको डोजर ल्याएर सडक खुलाउने प्रयास भइरहेको हुँदा पहिरो हटाउन समय लाग्ने समेत प्रवक्ता अधिकारीले बताउनुभयो ।

    यो पनि पढ्नुहोस् :- वालिङमा प्रभावकारी बन्दै स्वास्थ्य बीमा, कसरी गर्ने, के - के पाइन्छ सुविधा ?

    प्रकाशित मिति :कात्तिक ४, २०७८ बिहीबार - ०७:२७:२२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology