Logo

बुधबार, मंसिर १५ गते २०७८

अपडेट: पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्ग सुचारू

अपडेट: पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्ग सुचारू

कालीगण्डकी खबर

४, कात्तिक २०७८
  • 1.4K
    SHARES
  • अपडेट: पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्ग सुचारू

    स्याङ्जा, ४ कात्तिक। सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा पोखरा सडकखण्डको भालु पहाडमा माथिबाट खसेको पहिरो हटाएपछि बिहान १०:१८ बजेदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले कालीगण्डकी खबरलाई जानकारी दिनुभयो ।

    केही दिनदेखि परेको अविरल वर्षाको कारण सिद्धार्थ राजमार्गअन्तर्गत उक्त सडक आज बिहान करिव ३:३५ बजेदेखि यातायात अवरुद्ध भएको थियो ।

    फेदीखोला गाउँपालिका २ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा ठूलो ढुङ्गासहित पहिरो खस्दा यातायात अवरुद्ध भएको थियो । 

    images

    सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकमा सयौँ सवारी साधन रोकिएका थिए ।

    चट्टानसहितको ठूलो पहिरो भएकाले सडक खुलाउन समय लागेको प्रवक्ता अधिकारीले सुझाव दिनुभएको छ । यस ठाउँमा सडक विस्तार गरिएकाले पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

    यो पनि पढ्नुहोस् :- सिद्धार्थ राजमार्गमा पहिरोः स्याङ्जा पोखरा सडकखण्ड अवरुद्ध

    प्रकाशित मिति :कात्तिक ४, २०७८ बिहीबार - १०:५१:४४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology