Logo

बुधबार, मंसिर २२ गते २०७८

रामपुरमा दुई पुरुष मृत अवस्थामा फेला

रामपुरमा दुई पुरुष मृत अवस्थामा फेला

कालीगण्डकी खबर

४, कात्तिक २०७८
  • 11.1K
    SHARES
  • रामपुरमा दुई पुरुष मृत अवस्थामा फेला

    पाल्पा, ४ कात्तिक । पाल्पाको रामपुर नगरपालिकामा दुई पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । 

    रामपुर नगरपालिका ८ होस्दि र भुजात सिद्धबाबास्थित कालीगण्डकी नदी किनारमा नामथर बतन नखुलेको दुई पुरुष बिहीबार मृत अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं सुचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । 

    बिहीबार बिहान ११:३० बजे होस्दिमा र दिउँसो १२ः३० बजे भुजातस्थित कालीगण्डकी नदी किनारमा नदीले बगाई ल्याएको जस्तो देखिने अन्दाजी ४०-४५ वर्षको दुई पुरुषको नामथर बतन नखुलेको र सडेगलेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ । 

    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    images



    यो पनि पढ्नुहोस् :- सिद्धबाबाधामले धेरैको मन तान्दै

    प्रकाशित मिति :कात्तिक ४, २०७८ बिहीबार - १९:०४:२७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology