Logo

बुधबार, मंसिर २२ गते २०७८

बलात्कार कसुरदार आठ वर्षपछि पक्राउ

बलात्कार कसुरदार आठ वर्षपछि पक्राउ

कालीगण्डकी खबर

५, कात्तिक २०७८
  • 679
    SHARES
  • बलात्कार कसुरदार आठ वर्षपछि पक्राउ

    काभ्रेपलाञ्चोक, ५ कात्तिक । जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो । 

    images

    राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो । कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फस््र्योटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ ।

    फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फरार रहेका प्रतिवादी खोजतलासका क्रममा महत पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ । 

    प्रकाशित मिति :कात्तिक ५, २०७८ शुक्रबार - ०८:१६:२२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology