Logo

बुधबार, मंसिर १५ गते २०७८

सनातन धर्मले नै मानवकल्याण गर्छ : स्वामी स्वरूपानन्द

सनातन धर्मले नै मानवकल्याण गर्छ : स्वामी स्वरूपानन्द

कालीगण्डकी खबर

५, कात्तिक २०७८
  • 427
    SHARES
  • सनातन धर्मले नै मानवकल्याण गर्छ : स्वामी स्वरूपानन्द

    सिद्धार्थनगर, ५ कात्तिक । भारतको पञ्जाबमा आयोजित गुरु नानकको ५५० औँ जन्मोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट प्रकाशित रु १०० को सिक्का र पशुपतिनाथका मूलपुजारी गणेश भट्टले प्रदान गर्नुभएको पशुपतिनाथको चन्दन लिएर सनातन संस्कृति समाजका संरक्षक १००८ स्वामी स्वरूपानन्द सरस्वती त्यसतर्फ जानुहुुने भएकोे छ । 

    images

     नेपाल सरकारले निस्काशन गरेको रु १०० को सिक्काको एकातिर ‘ॐकार’ र अर्कातिर ‘नेपाल श्रीभवानी’ लेखिएको छ । जनस्तरको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले नेपालीको सन्देश लिएर उहाँ त्यसतर्फ जान लाग्नुभएको उक्त समाजका उपाध्यक्ष धर्मराज बरालले बताउनुभयो । 

     बेलहिया नाका हुँदै भारतको पञ्जाबतर्फ प्रस्थान गर्नुभएका  स्वरुपानन्दले पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “विश्वमा शान्ति कायम गर्न धर्र्म अङ्गीकार गर्नुपर्छ । हामी सनातनीहरु सबैको एकताले नै विश्वमा शान्ति र सद्भाव कायम हुन्छ ।” 

     धर्म जीवनको उन्नतिका लागि आवश्यक भए पनि  पछिल्लो समय धर्मभन्दा धनलाई जोड दिइएकामा चिन्ता व्यक्त गर्दै  उहाँले भन्नुभयो, “संसारमा सबै धर्म मनुष्यले बनाएका हुन् तर हिन्दू धर्म, सनातनी भएको र भगवानले नै सिर्जना गर्नुभएको हो । यसको न आदि छ न अन्त्य नै । यो अनादिसम्म चल्छ ।”

    प्रकाशित मिति :कात्तिक ५, २०७८ शुक्रबार - १३:१४:४९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology