Logo

बुधबार, जेठ ११ गते २०७९

वालिङमा जिल्लास्तरीय खुल्ला डबल म्यान ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

वालिङमा जिल्लास्तरीय खुल्ला डबल म्यान ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कालीगण्डकी खबर

७, कात्तिक २०७८
  • 6.6K
    SHARES
  • वालिङमा जिल्लास्तरीय खुल्ला डबल म्यान ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    स्याङ्जा, ७ कात्तिक । वालिङमा प्रथम शिव स्मृति स्याङ्जा जिल्लास्तरीय खुल्ला डबल म्यान ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

    images
    images

    वालिङ नगरपालिका वडा नं. ८ भीमटारीमा अवस्थित भीमटारी युवा क्लबले भीमटारी सामुदायिक अध्ययन केन्द्रको सहकार्यमा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको हो । 

    आइतबार प्रतियोगिता समापनका अवसरमा बिजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकूद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले  बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

    मन्त्री गुरुङले खेल क्षेत्रको विकास र खेलाडीहरुको क्षमता विकाससँगसँगै लुकेर रहेका नयाँ नयाँ प्रतिभाहरुलाई अगाडि बढाउनका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ ।

    कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं नेपाली काँग्रेस गण्डकी प्रदेशका सचेतक भागवतप्रकाश मल्ल, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले नयाँ नयाँ खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्न र अग्रज खेलाडीहरुलाई खेल क्षेत्रमै रहिरहने वातावरण सिर्जना गर्नका लागि ब्यवसायिकतासँगै जोड्नुपर्ने धारणा राख्नुभयो ।

    शनिबार र आईतबार गरी दुई दिन सञ्चालन भएको प्रतियोगितामा ए र सी वर्गका ६० टिमहरु सहभागी भएका खेल संयोजक सचिन मल्लले जानकारी दिनुभयो ।

    प्रतियोगितामा ए वर्गतर्फ प्रथम बुद्धि राना र महेश राना आमडाली, द्वितीय दीपक राना र प्रकाश गुरुङ स्वरेक महापुर, तृतीय आयोजकका सचिन मल्ल र सुवास रेग्मी हुनुभएको थियो । त्यस्तै सी वर्गतर्फ प्रथम नवीन र हरि गल्याङ, द्वितीय विष्णु र कृष्ण स्वरेक महापुर, तृतीय याम र चुरामणि भुम्रे हुनुभएको हो ।

    प्रतियोगिताका बिजयी समूहहरुलाई मन्त्री गुरुङ, प्रदेश सांसद मल्ल र नगर प्रमुख खाँणले संयुक्तरुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।

    ए र सी दुबै वर्गबाट प्रथम, द्वितीय र तृतीय हुने समूहहरुले क्रमश: नगद रु. २० हजार, १२ हजार र ५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका आयोजक क्लबका अध्यक्ष सूर्य रेग्मीले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन सचिव सरोज बस्नेतले गर्नुभएको थियो ।  

    प्रकाशित मिति :कात्तिक ७, २०७८ आइतबार - १८:५०:१४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology