Logo

सोमबार, माघ ३ गते २०७८

लगानी कोषद्धारा रु एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी

लगानी कोषद्धारा रु एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी

कालीगण्डकी खबर

८, मंसिर २०७८
  • 298
    SHARES
  • लगानी कोषद्धारा रु एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी

    काठमाडौँ, ८ मङ्सिर  । नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई रु एक करोड ६८ लाख भुक्तानी गरेको छ ।  

    images

    कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई  राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही रु दुई लाख उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।

      सोही क्रममा कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु हुनेलाई सो रकम उपलब्ध गराएको जनाएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाका ८४ सहभागीका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।

    कोषका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई आज रु दुई लाखको चेक हस्तारण गर्नुभएको थियो । 

    प्रकाशित मिति :मंसिर ८, २०७८ बुधबार - १४:३६:४६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology