Logo

बुधबार, जेठ ११ गते २०७९

काँग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी

काँग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी

कालीगण्डकी खबर

११, मंसिर २०७८
  • 1.9K
    SHARES
  • काँग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी

    स्याङ्जा, ११ मङ्सिर । नेपाली काँग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी हुनुभएको छ । जिल्ला सभापतिका अर्का उम्मेदवार भागवतप्रकाश मल्ललाई ३२ मतान्तरले पछि पार्दै राजु थापा जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । 

    राजु थापाले १ हजार १ सय १७ मत प्राप्त गर्दा मल्लले  १ हजार ८५ मत  प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    विजयी  थापा संविधानसभा सदस्य हुनुहुन्छ भने मल्ल स्याङ्जा क्षेत्र नं २ प्रदेश ख का विजयी सांसद एवं नेपाली काँग्रेस संसदीय दल गण्डकी प्रदेशका सचेतक हुनुहुन्छ ।

    images
    images

    दुवैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्नुभएको थियो । उपसभापति, सचिव, सहसचिवमा थापा र मल्ल समूहबाट एक÷एक जना निर्वाचित हुनुभएको छ ।

     विजयीमध्ये थापा समूहबाट उपसभापतिमा केदार काफ्लेले एक हजार ३७० र मल्ल समूहका शेरबहादुर थापाले ८९३ मत प्राप्त गर्नुभयो ।

    सचिवमा थापा समूहबाट गुरुप्रसाद भट्टराई एक हजार २९२ र मल्ल समूहबाट दामोदर लम्सालले ९३४ मत पाउनुभयो भने सहसचिवमा थापा समूहबाट ध्रुवबन्धु पौडेल एक हजार १५८ मत र मल्ल समूहबाट पृथ्वीप्रसाद पोख्रेलले ९३९ मत प्राप्त गर्नुभएको थियो ।

    शुक्रबार भएको मतदानमा २ हजार २ सय १८ मत खसेको थियो ।  स्याङ्जामा २ हजार २ सय ५७ मतदाता रहेका थिए । 

    यो पनि पढ्नुहोस् :- स्याङ्जा काँग्रेस सभापतिमा मल्ल र थापाबीच कडा प्रतिस्पर्धा हुने

    प्रकाशित मिति :मंसिर ११, २०७८ शनिबार - ०७:५४:२६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology