Logo

बुधबार, जेठ ११ गते २०७९

कास्की काँग्रेसका सभापतिमा बराल विजयी

कास्की काँग्रेसका सभापतिमा बराल विजयी

कालीगण्डकी खबर

१२, मंसिर २०७८
  • 832
    SHARES
  • कास्की काँग्रेसका सभापतिमा बराल विजयी

    गण्डकी, १२ मङ्सिर । नेपाली काँग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी बन्नुभएको छ । 

    शनिबार सम्पन्न दोस्रो चरणका मतदानमा उहाँले सुदीपमोहन भट्टराईलाई पराजित गर्नुभएको हो ।

    images
    images

    शुक्रबारको पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी पाँच मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार पुनः नेताद्वय बराल र भट्टराईबीच पुनः मतदान भएको थियो । 

    काँग्रेसको विधानअनुसार जिल्ला सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ । 

    काँग्रेसको २०८८ मतदाता रहेकामा शनिबार एक हजार ९२६ मत खसेको थियो । ती मध्ये बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गर्नुभयो ।

    पहिलो चरणका निर्वाचनमा दुई हजार २५ मत खसेको थियो भने ४७ मत भने बदर भएको थियो । उक्त चरणमा आइबहादुर गुरुङ, पोषनाथ शर्मा, गिरीराज गौतम पनि प्रत्यासी हुनुहुन्थ्यो ।

    प्रकाशित मिति :मंसिर १२, २०७८ आइतबार - ०८:५४:१३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology