Logo

बुधबार, जेठ ११ गते २०७९

चापाकोट र रामपुरलाई जोड्न आठ लेनको मोटरेबल पुल आवश्यक छ: उपसभापति गुरुङ

चापाकोट र रामपुरलाई जोड्न आठ लेनको मोटरेबल पुल आवश्यक छ: उपसभापति गुरुङ

कालीगण्डकी खबर

२६, पुस २०७८
  • 6.5K
    SHARES
  • चापाकोट र रामपुरलाई जोड्न आठ लेनको मोटरेबल पुल आवश्यक छ: उपसभापति गुरुङ

    स्याङ्जा, २६ पुस । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले समृद्धि र विकासका लागी फराकिलो सोँच राख्न आवश्यक रहेको बताउनुभएको छ । 

    चापाकोट नगरपालिका ९ सुन्तलीटारस्थित बिपिचोकदेखि पाकरी जाने सडक(विपिमार्ग)को उद्दघाटन गर्नुहुँदै समृद्धिका लागी भिजन आवश्यक रहेको बताउनुभएको हो ।

    images
    images

    उपसभापति गुरुङले भन्नुभयो, ‘चापाकोट र रामपुरलाई जोड्नका लागी सानासाना झोलुंगे पुल र साना पुल होईन, ८ लेनको मोटरेबल पुल आवश्यक छ । यसले स्याङ्जा र पाल्पाको विकासमा ठुलो टेवा पु¥याउँछ ।’ साना साना योजना भन्दा दिर्घकालिन आयोजनाहरुलाई अगाडि बढाउन आवश्यक रहेको भन्दै फरक भिजन र दृष्टिकोणले देशलाई समृद्धि दिने बताउनुभयो ।

    dfdf.jpg

    देशलाई परिर्वतन गर्न राजनीति गरेको भन्दै वास्तविक नेताले मात्रै जनता र किसानको मर्का बुझ्ने भन्दै विकासमा राजनिति गर्न नहुने बताउनुभयो । काममा विश्वास गर्नुपर्ने भन्दै जनता धेरै सचेत भएकाले जनताले नै नेता बनाएको बताउनुभयो । 

    काँग्रेसले नेतृत्व गरेको सरकारले ठुला भ्रष्टाचार काण्डलाई छानविन गर्नुपर्ने भन्दै दोषी ठहरिएका जोकोहिलाई पनि कारबाही गर्नुपर्ने बताउनुभयो । भ्रष्टाचार विरुद्ध सरकार माथि उठेमा जनताले फेरि काँगे्रसलाई नै रोज्ने उहाँको भनाई थियो ।

    photo.jpg

    कार्यक्रममा काँग्रेस स्याङ्जाका सभापति राजु थापा, काँग्रेस गण्डकी प्रदेश उपसभापति एवं वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी, काँग्रेस क्षेत्रीय सभापति एवं वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बोल्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन चापाकोट नगरपालिका नगर प्रवक्ता एवं वडा नं १ का वडा अध्यक्ष टिकाराम तिवारीले, स्वागत मन्तव्य नगरउप्रमुख बिमला श्रेष्ठले र धन्यवाद मन्तव्य नेपाली काँग्रेस चापाकोट नगर समितिका सभापति विक्रम सारुले  गर्नुभएको थियो । कार्यक्रम चापाकोट नगरप्रमुख शिवकुमार गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

    यो पनि पढ्नुहोस् :- गडहरे गुफाको भूभौतिकी सर्भे गरिने

    प्रकाशित मिति :पुस २६, २०७८ सोमबार - १९:५८:०७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology