Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

कोभिड–१९ मा आधारित ‘ढोका’ फिल्म सार्वजनिक

कोभिड–१९ मा आधारित ‘ढोका’ फिल्म सार्वजनिक

कालीगण्डकी खबर

२२, भदौ २०७७
  • 1.3K
    SHARES
  • कोभिड–१९ मा आधारित ‘ढोका’ फिल्म सार्वजनिक

    काठमाडौँ, २२ भदौ । विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई समेटिएको ‘ढोका’ नामक फिल्म सार्वजनिक भएको छ । निर्देशक दिवश धितालको लेखन तथा निर्देशन रहेको सो फिल्म बन्डेड लायन प्रोडक्सनको अफिसियल युटुब च्यानलबाट आज सार्वजनिक भएको हो ।

    निर्देशक धितालले आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई फिल्ममार्फत उतारिएको जानकारी दिनुभयो । फिल्मको छायाङ्कन तथा सम्पादन बरुण कोइरालाले गर्नुभएको छ । ‘ढोका’ लाई निर्माता राजाराम गौतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकार आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ ।

    images



    प्रकाशित मिति :भदौ २२, २०७७ सोमबार - १४:४०:३७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology