Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

‘सम्झिएर जिन्दगी’ सार्वजनिक

‘सम्झिएर जिन्दगी’ सार्वजनिक

कालीगण्डकी खबर

११, कात्तिक २०७७
  • 1.6K
    SHARES
  • ‘सम्झिएर जिन्दगी’ सार्वजनिक

    भक्तपुर, ११ कात्तिक । चलचित्र निर्देशक मदन घिमिरेले दशैँका अवसरमा चेतनामूलक नेपाली गीत ‘सम्झिएर जिन्दगी’ सार्वजनिक गर्नुभएको छ ।

    म्युजिक भिडियोमा घिमिरेको निर्देशन, गायक प्रमोद खरेलको स्वर तथा नायक राजेश हमाल र नायिका पुष्पा लिम्बूको अभिनय एवं सपना पुनका शब्द, देवकुमार चौधरीको सङ्गीत, अशोक राईको एरेन्ज र डम्बर राईको छायाङ्कन छ ।

    आमाको माया, घर संसार, कस्तो साइनो, माया नमार, माया बसेछ, मनमा माया, जीवनदाता, दादागिरी, दोस्ती, मस्ती लगायत ३० चलचित्र र एक दर्जन म्युजिक भिडियोको निर्देशन गर्नुभएका घिमिरेले कोरोनाकै कारण बन्द नेपाली चलचित्र क्षेत्रको पहिचान स्थापित गर्न दशैँको मौकामा म्युजिक भिडियो सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

    सामाजिक कार्यमा समेत सक्रिय सूर्यविनायक नगरपालिका–७ गुण्डु निवासी घिमिरे हनुमन्ते सफाइ अभियानका विशेष दूतसमेत हुनुहुन्छ ।

    images

    प्रकाशित मिति :कात्तिक ११, २०७७ मंगलबार - १२:४०:०७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology