Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

पाल्पा रामपुरका अधिकारी त्रिविको अनुसन्धानमा अब्बल

पाल्पा रामपुरका अधिकारी त्रिविको अनुसन्धानमा अब्बल

अर्जुन खनाल

१९, माघ २०७७
  • 3.0K
    SHARES
  • पाल्पा रामपुरका अधिकारी त्रिविको अनुसन्धानमा अब्बल

    अर्जुन खनाल, काठमाडौं, १९ माघ । त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको छ भनेर बाहिर चर्चा चलिरहदा युवा वैज्ञानिक अच्युत अधिकारीकले भने विश्वविद्यालयमा पछिल्लो समय अनुसन्धान गर्ने लहर आएको बताउनुभएको छ ।

    images

    विश्वविद्यालय स्थापना भएको सुरुवाती समयमा अनुसन्धान गर्ने परम्परा भएको र बीचको समयमा सो नभए पनि पछिल्लो समय लहर नै आएको अधिकारीले दावी गर्नुभयो ।

    “अनुसन्धान भन्ने कुरा आजको आजै हुँदैन” उहाँले भन्नुभयो, “अनुसन्धान गर्ने ठाउँ बनाउन पनि पाँच छ वर्ष लाग्न सक्छ । अमेरिका युरोपलगायतका ठाउँहरुमा अनुसन्धान केन्द्र तीन चार सय वर्ष पुराना छन् तर नेपालमा छैन । पछिल्लो समय भइरहेको अनुसन्धानहरुको नतिजा आउन केही समय लाग्न सक्छ ।”

    “त्रिवि पछिल्लो समय विश्वको ¥याङ्किङमा समेत पर्न सफल भएको छ । त्रिविसँग प्रयाप्त मात्रामा आर्थिक स्रोत छैन । त्रिविले हप्तामा यति पिरियड पढाउन पर्छ मात्रै भन्छ यति रिसर्च गर्नु भन्दैन” अधिकारीले भन्नुभयो । रिसर्च गर्न पैसा पनि पाइदैन । आफनै श्रोत परिचालन गरेर अनुसन्धान गर्ने हो । अनुसन्धान गर्नेलाई विश्व विद्यालयले आर्थिक सहयोग गरे धेरै राम्रो हुने उहाँले बताउनुभयो । अहिले जे जति अनुसन्धान भइरहेको छ धेरै जसो आफैले आर्थिक स्रोतहरु खोजेर भइरहेको छ ।

    पाल्पा, रामपुर नगरपालिका वडा नं १० हेक्लाङमा वि.सं. २०३७ सालमा जन्मेका अधिकारीकले विद्यालय तहको अध्ययन जनकल्याण नि.मा.वि., भानु मा.वि. हुदै सेन मा.वि. तानसेनबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो ।

    त्रिभुवन बहुमुखी क्याम्पस तानसेनबाट आईएसी र वीएस्सी दोस्रो वर्षसम्म अध्ययन गर्नुभयो । विएस्सी तेस्रो वर्षमा आफूले रोजेको विषय
    अध्ययन गर्न नपाएपछि काठमाडौंको त्रिचन्द्र क्याम्पस आउनुभएका अधिकारीले एमएस्सी त्रिभुवन विद्यालय रसायसशास्त्र केन्द्रीय विभागबाट गर्नुभयो भने सन् २००९ मा पाकिस्तानबाट पिएचडी र ब्राजिलबाट पोष्ट डक्टरल गर्नुभयो ।

    पिएचडी सकेपछि नेपाल आएर नेपालमै काम गर्न खोज्नु भयो तर भनेजस्तो काम नपाएपछि पाकिस्तान जानुभयो । पाकिस्तानमा केही समय असिस्टेन्ट प्रोफेसरको रुपमा काम गरेपछि उहाँलाई एसोसिएट प्रोफेसरको जिम्मेवारी पाउनुभयो । आफूले चाहेको विषयमा अनुसन्धान गरिरहनुभएको थियो ।

    सन् २०१०÷११ मा भरेको त्रिवि सेवा आयोगको परीक्षा सन् २०१३ मा भएको थियो भने नतिजा सन् २०१५ मा निस्कियो । मेरो नाम पनि निस्कियो अधिकारीले भन्नुभयो ।

    पाकिस्तानमा सहप्रधापक भइसकेको थिएँ । मासिक २ लाख ५० हजार बढी तलब बुझ्दै आइएको थियो । कमाइको हिसावले पनि नेपालको भन्दा १० गुणा जस्तै बढी थियो । सुरुमा के गर्ने के गर्ने भयो । त्यसपछि घरपरिवारबाट पनि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भएपछि मैले पनि आफ्नै देशमा केही गरौँ भन्ने लागेकोले नेपाल आएँ ।

    “नेपालमा फरक किसिमका संघर्ष सुरु गर्दै केही पनि नभएको ठाउँमा केही गर्ने कोशिस गरिरहेँ । विश्व बैंकको एउटा कार्यक्रममा त्रिविमा न्यू फ्याकल्टीहरुलाई विदेशमा काम गरेकाहरुलाई पनि फास्ट ट्रयाकबाट बढुवा गर्ने भनेर ल्याएकोमा म पनि सह प्रध्यापकमा बढुवा भएँ”, अधिकारीले भन्नुभयो ।

    अहिले अधिकारीसँग रहेर चारजना पिएडी विद्यार्थीहरुले अनुसन्धान गरिरहेका छन् भने १०-१२ जना एमएस्सीका विद्यार्थीहरु रहेका छन् ।
    उहाँले अनुसन्धान भनेको १० देखि ५ बजेसम्मको जागिरजस्तो नभएको बताउदैँ भन्नुभयो, “अनुसन्धान रातभरी गर्नुपर्ने हुन्छ । विश्व प्रसिद्ध वैज्ञानिकहरु तीन दिनसम्म कालो कफी मात्र खाएर काम गरेका हुन्छन् । यो एउटा सजिलो काम भने होइन तर एक किसिमको आत्मसन्तुष्टि भने हुन्छ । एउटा व्यक्तिले गरेको कामले संसारभरीका मानिसले लामो समयको लागि फाइदा पाउँछन् ।”

    उहाँले पछिल्लो वर्ष ५ हजार डलर (लगभग ६ लाख) को प्रसिद्ध वैज्ञानिक अत्ताहुर रहमान पुरस्कारसमेत प्राप्त गर्नुभयो । अत्ताहुर रहमान पाकिस्तानको शिक्षा क्षेत्रको परिचि व्यक्ति, हजार भन्दा धेरै अनुसन्धान गरेका वैज्ञानिक हुन् । उनका नाम मलेसिया, चीनलगायत देशमा रिसर्च सेन्टर पनि खेलिएका छन् ।

    यो पुरस्कार अति कम विकशित राष्ट्रका वैज्ञानिकहरुमध्येबाट वर्षको उत्कृष्ट एक जनालाई दिने गरिन्छ । जसको दावेदारी नै ठूलो कुरा थियो ।
    यही वर्ष अधिकारीले राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार पनि पाउनुभयो । नेपाल एकेडमी अफ साइन्सेस एण्ड टेक्नोलेजीले उहाँलाई युवा वैज्ञानिक पुरस्कार प्रदान गरेको थियो ।

    पछिल्लो समय तिमुर, अदुवा, तेज्पत, आँपको खोया, सुन्तला र कागतीको बोक्राबाट जुस निकाल्ने लगायत अरु औषधीजन्य वनस्पतिमा अध्ययन अनुसन्धान गरिरहनु भएका अधिकारीले नेपालमा गहन विषयका अध्ययन अनुसन्धान गर्ने क्षेत्रहरु धेरै रहेको बताउनुभयो।

    प्रकाशित मिति :माघ १९, २०७७ सोमबार - १९:५८:०६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    अर्जुन खनाल

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology