Logo

बुधबार, मंसिर १५ गते २०७८

नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीद्वारा पदभार ग्रहण

नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीद्वारा पदभार ग्रहण

कालीगण्डकी खबर

११, कात्तिक २०७८
  • 523
    SHARES
  • नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीद्वारा पदभार ग्रहण

    मकवानपुर, ११ कात्तिक । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयलगायत केही मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि कार्यभार सम्हाल्न जिम्मेवारी तोक्नुभएको छ ।

    images

    नयाँ मन्त्रिपरिषद् विस्तार आज हुँदा तीन नवनियुक्त मन्त्री कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय एवं कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेबारी दिइएको छ ।

    सो अवसरमा मुख्यमन्त्री पाण्डे र नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।

    प्रकाशित मिति :कात्तिक ११, २०७८ बिहीबार - २१:४६:४८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology