उठाएर प्रत्येक चोटि
अनेकौ शीर्षकको राजस्व
भरिरहेछ हाँडीघोप्टे शासक ढुकुटी
राखेर देशलाई नै बन्दकीमा
जित्न फेरि चुनाव
बढ्दै गएको जन-चेतना
बन्दै गएको विचौलिया नेतृत्व
छामेर नाडी जनताले
खोल्नेछन् असल मार्ग
सेतोलाई कालो बनाउने
नियम र व्याख्याका इजलासहरू
हेर्दा हेर्दै हुदैछन् विवादित
अपराधी बाहेकका नजरमा
उठेन मेरो देश।
देश किन्नआएको छ ठेकेदार
स्वागतमा गरिरहेछ धनुषटङ्कार
मेरो जनमते नेता
आफ्नो भागमा छुट्टिएपछि हिसाब
छिट्टै अनुमोदन गर्न हतारिएका छन्
देश विनिमय गर्ने विधेयक
विश्व बजारका दलालहरू
संसदमा
हुनुपर्ने नेता थलियो कतै
नेताका अभियन गर्नैहरू पुगे माथि
कहिले कुन चिन्ह
कहिले कुन
चिन्हको समानुपातिक खेलमा
राखिदिएरै नेतालाई गोजीमा केही
त्यसैले त
बनिरहेछन् सट्याक सुटुक
अनेक अनेक
अमानवीय कानुनहरू
छापिरहेछन् जोगिएर
राज्यको चौथो अङ्ग
नछाप्नु पर्ने समाचार
अनि
छाप्दैनन् अनिमियतताका
कहाली लाग्दो मूल लेख।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।