Logo

बुधबार, मंसिर १५ गते २०७८

सुदूरपश्चिमः थप आठ जनामा सङ्क्रमण, एकको मृत्यु

सुदूरपश्चिमः थप आठ जनामा सङ्क्रमण, एकको मृत्यु

कालीगण्डकी खबर

२५, कात्तिक २०७८
  • 298
    SHARES
  • सुदूरपश्चिमः थप आठ जनामा सङ्क्रमण, एकको मृत्यु

    बैतडी, २५ कात्तिक । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप  आठ  जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

    images

    गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार १११ जनाको नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

    पीसीआर छ र एन्टिजेन विधिमार्फत दुई जनामा सङ्क्रमण देखिएको हो ।  पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा चार र महाकाली अस्पतालमा दुई जनामा सङ्क्रमण देखिएको हो ।

    यस्तै एन्टिजेन विधिमार्फत कञ्चनपुरका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर आठ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

    महाकाली अस्पतालमा उपचारका क्रममा कञ्चनपुरको भिमदत्त नगरपालिका– ७ का ७० वर्षीया महिलाको मृत्यु भएको हो । 

    यसअघि बुधबार यस प्रदेशमा ६ सङ्क्रमण पुष्टि हुँदा नौ जना निको भएका थिए । यस प्रदेशमा हालसम्म कोरोनाका कारण ६०७ जनाको मृत्यु भइसकेको छ । 

    प्रकाशित मिति :कात्तिक २५, २०७८ बिहीबार - १८:४१:०३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology