Logo

बुधबार, मंसिर १५ गते २०७८

निबन्ध प्रतियोगितामा स्याङ्जाका लक्ष्मण वियोगी प्रथम

निबन्ध प्रतियोगितामा स्याङ्जाका लक्ष्मण वियोगी प्रथम

कालीगण्डकी खबर

२७, कात्तिक २०७८
  • 766
    SHARES
  • निबन्ध प्रतियोगितामा स्याङ्जाका लक्ष्मण वियोगी प्रथम

    काठमाडौं, २७ कात्तिक । कविडाँडा साहित्य समाजले आयोजना गरेको निबन्ध प्रतियोगितामा लेखक तथा पत्रकार लक्ष्मण वियोगी  प्रथम हुनुभएको छ ।

    images

    चितवनको जङ्गल सफारी लजमा कार्यक्रममा उत्कृष्ट पाँचमध्ये चार जनालाई पाखा लगाउँदै स्याङ्जाका वियोगीको “कोरोनाको कर्खा” शीर्षकको निबन्ध प्रथम भएको हो ।

    त्यस्तै, द्वितीय काठमाडौँका भवानी खतिवडाको निबन्ध “ट्याक्सी नम्बर १०१” र तृतीय झपाका निरज दाहालको निबन्ध “आमा पछ्यौरी” भएका छन् भने प्रोत्साहन पुरस्कार रूपन्देहीका यज्ञप्रसाद न्यौपानेको निबन्ध “रहरको घुम्तीमा विचारको कायाकल्प” र आख्यानकार सिर्जन अविरलको निबन्ध “जीवनको उकालो”लाई प्रदान गरिएको छ ।

    हरेक वर्ष नयाँ नयाँ विधामा उत्कृष्ट साहित्यकर्मी खोजिरहेको कविडाँडा साहित्य समाज चितवनले यो वर्ष उत्कृष्ट निबन्धकारहरूको खोजी गरेको थियो । 

    केही महिनाअघि सूचना जारी गरेर निबन्ध आव्हान गरेकोमा प्राप्त निबन्धहरुका आधारमा उत्कृष्ट पाँच निबन्धकार छनोट गरेको समाजले आज एक कार्यक्रमका बिच अन्तिम नतिजाको घोषणा गरेको हो । 

    निबन्ध प्रतियोगितामा प्रथम हुनेलाई रू १५,१६० सहित प्रमाणपत्र, द्वितीय हुनेलाई रू १०,१६० सहित प्रमाणपत्र, तृतीय हुनेलाई रू ७,१६० सहित प्रमाणपत्र, चतुर्थ हुनेले रू ५,१६० सहित प्रमाणपत्र र पाँचौँ स्थानमा आउनेलाई रू ३,१६० सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

    प्रकाशित मिति :कात्तिक २७, २०७८ शनिबार - १५:०७:१९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology