Logo

बुधबार, मंसिर १५ गते २०७८

साहित्यकार इस्मालीसहित बाह्र साहित्यकारलाई सम्मान

साहित्यकार इस्मालीसहित बाह्र साहित्यकारलाई सम्मान

कालीगण्डकी खबर

२८, कात्तिक २०७८
  • 451
    SHARES
  • साहित्यकार इस्मालीसहित बाह्र साहित्यकारलाई सम्मान

    काठमाडौँ, २८ कात्तिक । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले १२ साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले साहित्यकार प्रा कृष्ण गौतम र सि रिजाललाई क्रमशः दायित्व वाङ्मय विशिष्ट सम्मान, २०७७ र २०७८ बाट सम्मान गरेको हो ।  

    images

    यस्तै वाङ्मय सम्मान, २०७७ बाट लुमडी आचार्य र २०७८ बाट गङ्गा कर्माचार्य गौतमलाई सम्मान गरिएको छ । शङ्कर कोइराला आख्यान पुरस्कार, २०७७ तथा २०७८ बाट  साहित्यकारद्वय बनमाली निराकार र इस्मालीलाई सम्मानित गरिएको छ । पुरस्कारको राशि जनही रु १५ हजार छ । 

    त्यसैगरी प्रतिष्ठानले हरिकला–गुणाकार दायित्व रचना पुरस्कार, २०७६ र २०७७ क्रमशः साहित्यकार दिनेशविक्रम थापा (सुर्यनाथ, कविता) र दिव्य गिरी (दुई लघुकथा, लघुकथा) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ११ हजार छ । 

    यस्तै दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार, २०७७ र २०७८ क्रमशः छहारी नेपाल र निबन्ध आचार्यलाई प्रदान गरिएको छ ।

    पुरस्कारको राशि जनही रु १५ हजार छ । जनही रु ११ हजार राशिको दायित्व यशोधा पन्त प्रतिभा पुरस्कार, २०७७ र २०७८ क्रबशः रेणुका भट्टराई र आमा शर्माले प्राप्त गर्नुभएको छ ।

    सोही अवसरमा वरिष्ठ पत्रकार एवं साहित्यकार रिसालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको राजनीति बिग्रेको छ, राजनीतिले सही बाटो लिएको छैन, सर्वोच्च अदालत छ कि छैन, न्याय क्षेत्र चल्दैन, महङ्गी र अभाव छ, सरकारको त्यतातिर ध्यान जाओस् ।”

    प्रकाशित मिति :कात्तिक २८, २०७८ आइतबार - ०९:२४:०९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology