Logo

बुधबार, मंसिर १५ गते २०७८

गण्डकीमा एक हप्तामा २६१ जना सङ्क्रमण मुक्त

गण्डकीमा एक हप्तामा २६१ जना सङ्क्रमण मुक्त

कालीगण्डकी खबर

२९, कात्तिक २०७८
  • 250
    SHARES
  • गण्डकीमा एक हप्तामा २६१ जना सङ्क्रमण मुक्त

    गण्डकी, २९ कात्तिक । गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा २६१ कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा १४३ सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ ।

    प्रदेशमा पछिल्लो २४ घण्टामा ४३ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

    images

    उहाँका अनुसार यस अवधिमा ३१ जना सङ्क्रमित थपिएका छन् भने बाग्लुङ–९ का ५३ वर्षीय पुरुषको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

    निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ४०२ पुगेको छ । प्रदेशमा होम आइसोलेशनमा रहनेको सङ्ख्या ३०१ जना रहेको निर्देशनालयले जनाएको छ । 

    प्रकाशित मिति :कात्तिक २९, २०७८ सोमबार - ०८:५२:१८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology