Logo

बुधबार, मंसिर १५ गते २०७८

सुसेलीहरु 

सुसेलीहरु 

कालीगण्डकी खबर

१, मंसिर २०७८
  • 319
    SHARES
  • सुसेलीहरु 

    १.
    थोरै बुझेर 
    अनपढ भएको 
    कक्षा छोडेर

    images

    २.
    हातको सुम्ला
    गृहकार्य नगरी 
    दुख्छ सम्झदा 

    ३.
    ट्युसन् पढ्दिने
    गृहकार्य नहुदा 
    कक्षा छोड्दिने ।

    ४.
    गर्दै झगडा 
    पास कहाँ हुनु र 
    हुँदा भगौडा ।

    ५.
    अल्छी जिवन
    मीठो खाने मुखले 
    कर्म गरन ।

    ६.
    बुद्धि पुर्‍याइ
    सुख भोग पाईन्छ 
    कर्म गराइ ।

    ७.
    रिस नगर 
    आफै भित्र खरानी 
    सत्रु सन्सार ।

    ८.
    झुटो संसार 
    सत्य आफ्नै मन हो 
    बिश्वास गर ।

    ९.
    मृत्यु बुझेर 
    कहाँ पाप छोड्छ र ?
    कर्म भुलेर ।

    १०.
    दुख नमान 
    बुद्धि यस्तै पाएको 
    मान्छे जीवन ।

    यसोदा गिरी 
    चागुनारायण नगरपालिका , भक्तपुर 

    प्रकाशित मिति :मंसिर १, २०७८ बुधबार - १७:४२:४७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology